अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 09:40

अबको एजेण्डा आर्थिक समृद्धि – पूर्व स्वास्थ्य मन्त्री थापा

बिआरटीनेपाल २०७४ असार ७ गते २२:२६ मा प्रकाशित

बिर्तामोड । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले देशको अबको एजेण्डा आर्थिक समृद्धि हुने बताउनु भएको छ ।

बिर्तामोड नगरपालिका अन्तरगत वडा नम्बर–८ द्वारा आयोजित कोणसभामा बोल्दै केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री थापाले ५० प्रतिशत भन्दा बढी अधिकार लिएर बसेको स्थानीय निकायलाई चानचुने नठान्न आग्रह गर्दै स्थानीय ठाउँलाई विकास समृद्धिसंग जोड्न सक्ने व्यक्तिलाई निर्वाचित गर्न आग्रह गर्नुभयो ।

सबैलाई सहमतिमा लिएर जानुपर्छ भन्ने काँग्रेसले चुनावमा नआएका राजेन्द्र महतोहरुलाई पनि सहमतिबाट चुनावमा ल्याएरै छाड्ने दाबी गर्दै काँग्रेसले राजनीतिक धर्म र जिम्मेवारी पूरा गर्ने बताउनु भयो।

सो अवसरमा बोल्दै बिर्तामोड नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार जलकुमार गुरुङले आफू कुशल व्यवस्थापक भएको बताउनु भएको थियो।

कार्यक्रममा बोल्दै गुरुङले भन्नुभयो–‘ म कुशल राजनीतिज्ञ होइन तर कुशल व्यवस्थापक हुँ, कुशल व्यवस्थापकको अभावमा स्थानीयस्तरमा विकासका काम हुन सकेको छैन त्यो क्षमता म मा छ ।’
कार्यक्रममा उपमेयरकी उम्मेदवार पार्वता गिरी, नेपाल महिला सङ्घ सभापति शुशिला ढकाल, युवराज प्रसाई, हर्कलाल गिरी, कुमार भट्टराई लगायतले बोल्नु भएको थियो ।

यस अघि गरामनी बजारबाट निस्किएको र्यालीले गुहावारी, शंकरबारी हुँदै देउनिया चोक पुगेर पुनः गरामनीमै आएर कोणसभामा परिणत भएको थियो ।

त्यस्तै चुनावी प्रचार अभियान अन्तरगत आज बिर्तामोड नगरपालिका–९ स्थित कोलाटोली र उपवनमा कोणसभा सम्पन्न भएको छ भने वडा नम्बर–७ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू