अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 14:10

काँग्रेसद्वारा अटो भिलेज व्यवस्थापनमा जोड

बिआरटीनेपाल २०७४ असार ७ गते २२:२२ मा प्रकाशित

सिद्धार्थ नगरपालिकामा नेपाली काँग्रेसका मेयर उम्मेदवार मातृकाप्रसाद यादवले गोनहियामा निमार्णाधिन अटो भेलेजको कामलाई तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

जहाँ पायो त्यही रहेका अटो ग्यारेजहरुलाई एकीकृत गरी नगरलाई व्यवस्थित बनाउने र व्यवसायीलाई एकै स्थानबाट धेरै सुविधा दिने उद्देश्यले वडा नं.९ मा अटो भिलेज निमार्णाधीन अवस्थामा छ । लामो समयदेखि सुस्त गतिमा निमाण भइरहेको सो अटो भिलेजको कामलाई आफू मेयरमा विजयी भएपछि गतिदिने वाचा काँग्रेस मेयर उम्मेदवार यादवले गर्नुभएको छ । उहाँले बढ्दो शहरीकरणसगै नगरलाई प्रदूषणमुक्त र व्यवसायीलाई सहज रूपमा सुविधा दिनकालागि अटो भिलेज आवश्यकता रहेको उहाँको जिकीर छ ।

वडा नम्बर ९ को घरदैलो कार्यक्रममा उहाँले मगंलवार उक्त क्षेत्रका सबै कच्ची सडकको कालोपत्रे गरी पक्की नाला निमार्ण गर्ने योजना सुनाउनु भयो । मेयर पदका उम्मेदवार यादव, उपमेयर पदकी उम्मेदवार माधवी शर्मा वाग्ले, वडा अध्यक्षका उम्मेदवार श्याम खनाल, सदस्यहरू शारदा अहिर, शान्ति चमार्नी, रामकिशन यादव र राम बृज अहिर लगायतको टोलीले भानुपथ, उदयपुर, डाँडा गाउँ, छोटकी दुमुवा लगायतका क्षेत्रमा घरदैलो गर्नु भएको थियो ।
सो क्रममा काँग्रेसले वडाको समग्र विकासका लागि ११ बुदें घोषणा पत्र तयार पारेको र उक्त घोषणा पत्रमा पार्किङ्ग सहितको चत्रपथ, कृषि सडक बिस्तार, मौजुदा कुलोको स्तरोन्नति जस्ता कुरालाई प्राथमिकतामा राखिएको बडा नं ९ का क्रिर्याशील सदस्य एवं नेपाल शिक्षक सघं रुपन्देहीका प्रतिनिधि सगंम न्यौपानेले जानकारी दिनुभएको छ ।

घरदैलोमा नगर सभापति दिलीप धिताल, सचिव सजिंव शर्मा रेग्मी, नेपाली काँग्रेस रुपन्देहीका कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, जिल्ला सदस्य एवं नगर विकास समितिका अध्यक्ष सुरेन्द्र जगं थापा, ओम कुमार श्रेष्ठ, विष्णु थापा, रामकिसन बिक, महाधिवेशन प्रतिनिधि गोपालमान राज भण्डारी, सिद्धार्थ उद्योग वाणिज्य सघंका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, नेपाल विद्यार्थी सघंका केन्द्रीय सदस्य लेखनाथ भट्टराई लगायतले नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू