अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 05:28

एनआरएनए जापानको सचिव पदमा वासुदेव लामिछानेको उमेद्वारी घोषणा

बिआरटीनेपाल २०७४ असार ७ गते ८:२७ मा प्रकाशित

जापान, एनआरएन जापानको चुनाव नजिकिएसँगै भावी नेतृत्वका निमित्त आआफ्नो लबिंगमा लागि परेको एनआरएनए जापानको सचिवका लागि वासुदेव लामिछाने प्रमुख आकांक्षि देखिएका छन् । जापानभर एक किसिमको नेटवर्क बनाएका लामिछानेको टोक्यो सहित एनआरएनए जापानको सबैजसो क्षेत्रहरूमा आफ्नो धेरथोर पकडकै कारण उनको प्रतिस्पर्दि को होला भन्ने धेरैको चासोको विषय बनेको छ ।

आन्तरिक कसरतमा रहेका पूर्व क्षेत्रीय सचिव लामिछाने, मुख्य रूपमा देखिएका २ प्यानल मध्य हालसम्म कुन प्यानलबाट मैदानमा उत्रिएलान भन्ने सबैको अनुमानको निर्क्यौल, सम्पूर्ण क्षेत्रको अधिवेशन पश्चात् प्रस्ट देखिने उनी निकट स्रोतको दाबी छ ।

एनआरएनए जापानमा हालसम्म अध्यक्ष पदका निमित्त टासी लामा र अनुज थापा प्रमुख आकांक्षी देखिएका छन् । लामा वर्तमान उपाध्यक्ष हुन् भने थापा महासचिव हुन् । सचिवका आकांक्षि वासुदेव लामिछानेको सपोर्ट कता रहने भन्ने कुराले पनि केही हदसम्म अध्यक्षको निर्वाचनमा असर पर्नसक्ने जनमानसको बुझाई छ ।

एनआरएनए आईसीसी अध्यक्षमा अनौपचारिक घोषणा गरिसकेका बहालवाला आईसीसी उपाध्यक्ष भवन भट्टले जापानमा निर्वाचन गराए अस्वस्थ प्रतिस्प्रदा हुने र त्यसको असर आईसिसिको निर्वाचनमा पर्ने धेरैको ठम्याईका कारण सकभर सहमतीय वातावरणको प्रयास अन्तिम समयसम्म गरिने जापानबासी नेपालीको बुझाई छ । सहमति नहुंदै गर्दा वर्तमान अध्यक्ष सुदन थापा पनि पुन: मैदानमा उत्रने आशंका धेरैको भए पनि उनी भने यस विषयमा केही बोलेका छैनन् । सक्षम, सालिन र भद्र स्वभावका कारण जापानबासी नेपालीमाझ लोकप्रिय रहेका अध्यक्ष थापाले पुनः उम्मेदवारी दिने हुन् कि भन्ने आशंका जापानमा क्रियाशील राजनीतिक दलहरुमा रहेको बुझिएको छ ।

त्यस्तै महासचिव पदका लागि बुद्धि राज घिमिरे र जोन छन्त्याल आकांक्षी रहेका छन् । घिमिरे एनआरएन जापानको वर्तमान सचिव हुन भने करिब ३५ वर्ष जापानमा बिताएका छन्त्याल कान्तो क्षेत्रका पूर्व संयोजक हुन । बाह्र हजारभन्दा बढी सदस्य रहेको एनआरएन जापानको अधिवेशन आगामी अगष्टमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू