अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 05:58

नेजा नाईट सम्पन्न, संकलित रकमबाट कोष स्थापना गरिने

बिआरटीनेपाल २०७४ असार ६ गते २२:५५ मा प्रकाशित

डलास, टेक्सस नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाद्धारा गत शनिवार अर्थात् जुन १७ तारिखमा आयोजित नेजा नाईट ३ साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । पत्रकारहरुको सहयोगका लागि आपत्कालीन कोष स्थापनार्थ टेक्सासको डलास स्थित रोयल इभेन्ट सेन्टरमा नेपाली कलाकारहरुका साथ नेजा नाईटको आयोजना गरिएको हो । नेपाली कलाकारहरुका विभिन्न प्रस्तुति रहेको नेजा नाईटमा संकलित रकम संस्थाको आपत्कालीन कोषमा जम्मा गरिने सस्थाका अध्यक्ष भोला आचार्यले बताउनुभयो । कार्यक्रममा स्वागत गर्दै आचार्यले नेजाले घटना दुर्घटनामा परेका पत्रकारहरुको उपचार र मृत्यु भएका परिवारका लागि सहयोग गर्दै आइरहेको जानकारी गराउदै उक्त कोष स्थापना भएपश्चात सहयोग निरन्तरतामा सहज हुने अध्यक्ष आचार्यको भनाई छ । 

नेजाका क्षेत्रीय संयोजक किशन रेग्मीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा कलाकारहरू गायक गायिकाहरु दिपेशकिशोर भट्टराई, विमल डाँगी, समीर आचार्य र गीता बिर्लाकोटी, नायिका सहारा कार्की, हास्य कलाकार नारायण त्रिपाठीले आ-आफ्ना साङ्गीतिक कोशेली मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । साथै स्थानीय कलाकारहरू अद्धिति हमाल, अनु खड्का, जेनिथ लम्सालका साङ्गीतिक प्रस्तुतीहरुबाट उपस्थित दर्शकहरूले भरपुर मनोरन्जन लिएका थिए । 

कार्यक्रममा सङ्कलन भएको रकम आपत्कालीन कोषका लागि संस्थालाई हस्तान्तरण गरिने संयोजक रेग्मीले बताउनुभयो । टेक्सस नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेले पत्रकारिता समाजको अभिन्न अङ्ग भएको बताउँदै यसलाई जोगाउन समुदायको पनि कर्तव्य भएकाले नेजाको यस महान् कार्यमा सबैको साथ हुनु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा समाजका अगुवाहरु कपिल अधिकारी, मुरली अधिकारी, भुवन आचार्यका साथै एनआरएन अमेरिकाका सल्लाहकार गौरीराज जोशी, एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेल, एनआरएन अमरिकाका कोषाध्यक्ष वेद बस्नेत,जनसम्पर्क समितिका पदाधिकारीहरू हरिवोल भण्डारी, ज्ञानेन्द्र कार्की, युवा उद्यमी पाशाड लामा, सुशील क्षेत्री, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनय अर्याल, एनआरएन अमेरिकाका सदस्य विनोद तिवारी लगायत करिब २ सय दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन नेजाका सदस्य एवं पत्रकार बाशु अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको संयोजनमा कार्यकारी सदस्यहरू लेखनाथ गौतम, बाल जोशी, क्षेत्रीय संयोजक धु्रव कुवर सदस्यद्धय शुरेसचन्द्र पोखरेल, केदार तिमिल्सिना, शेर केसीको सहयोगी भूमिका रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू