अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

तेस्रो लिङ्गीबाट प्रमुख पदमा उम्मेदवारी

बिआरटीनेपाल २०७४ असार ५ गते १२:२६ मा प्रकाशित

नवलपरासी, असार ५ गते । स्थानीय तहको निर्वाचनमा तेस्रो लिङ्गी समुदायबाट एक जनाले प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । रामग्राम नगरपालिका प्रमुखमा तेस्रो लिङ्गी गीता शैथवार उम्मेदवार बन्नुभएको हो । एकाउन्न वर्षीया शैथवार नेकपा(माले), मधेस तराई फोरम र नेपाल परिवारको संयुक्त गठबन्धनको साझा उम्मेदवार बन्नुभएको हो । कानुनी रूपमा शैथवार मालेका तर्फबाट चुनावी चिह्न हँसिया र तारा लिएर चुनावी मैदानमा हुनुहुन्छ ।

तेस्रो लिङ्गी भए पनि उहाँले वैवाहिक जीवनमा बाँधिएर महिलाका रूपमा नागरिकता पाउनुभएको छ । उपप्रमुखमा ६७ वर्षीया केवल कोइरी पनि उम्मेदवार बन्नुभएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू