अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

रक्की माउन्टेन फ्रेन्डस अफ नेपालद्वारा समर पिकनिक खेलकुद तालिका सार्वजनिक

बिआरटीनेपाल २०७४ असार ३ गते २३:५१ मा प्रकाशित

कोलोराडो, अमेरिका, १७ जुन । रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले वार्षिक रूपमा आयोजना गर्ने समर पिक्निक खेलकुद तालिका प्रकाशित गरेको छ । प्रकाशित तालिका अनुसार ६ किसिमको खेलकुद खेलाइने साथै प्रत्येक खेलकुदमा संयोजक पनि तोकिएको छ ।

तालिका अनुसार भलिबल खेलको लागि प्रकाश पौडेल संयोजकमा छन् भने उनलाई सहयोग विनोद गुरुङले गर्दै छन् । भलिबल खेल जुलाई ९ मा दिनको १:३० देखी ५:३० सम्म वेष्ट भिउ रेक सेन्टर (10747 W 108th Ave, Broomfield, CO 80021)मा हुनेछ ।

टेनिस खेलको संयोजकमा नवीन पुडासैनि छन् । टेनिस खेल जुलाई ८, २०१७ शनिवार मध्यान्न १२ देखी ४ सम्म इरी कमुनिटी सेन्टर (450 Powers St. 1110 Erie, CO 80516) मा खेलाइने छ ।

गल्फ खेलको संयोजक सुदेश शर्मा हुन । यो खेल जुलाई १५, २०१७ च्याम्पन्शिप राउण्ड मध्यान्न १२ बजे देखी सट गन सुरु हुने भनिएको छ । यो खेल १८ होल स्ट्रोक प्लेको हुनेछ भने अप्सनल प्राक्टिस राउन्ड शुक्रवार जुलाई १४ दिनको २ बजे हुनेछ । गल्फको सम्पूर्ण खेल एरोहेड गल्फ क्लब (10850 Sundown Trail, Littleton, CO 80125)मा हुने छ ।

टेबल टेनिसको संयोजकमा सुरज न्यौपाने रहेका छन् भने यो खेल जुलाई ९, २०१७ बिहान एघार बजे देखी ३ बजे सम्म ग्लेन्डन रेक सेन्टर 4400 E Kentucky Ave, Glendale, CO 80246) मा हुनेछ ।

त्यसै गरी बास्केटबल खेलको संयोजक ब्रिन्दन अधिकारी हुन । यो खेल जुलाई १५, २०१७ बिहान ११ बजे देखी ३ बजे सम्म वेष्ट भिउ रेक सेन्टर 10747 W 108th Ave, Broomfield, CO 80021) मा हुनेछ । प्रतियोगितामा सहभागिताका लागी एक प्रतियोगिले १० अमेरिकी डलर तिर्नुपर्ने छ ।

त्यसै गरी बाइसाइकल रेसको संयोजकमा रोहित श्रेष्ठ छन् । यो खेल जुलाई ८, २०१७ मा बिहान ८ बजेबाट सुरु भएर २४ माइलको दुरी तय
गर्ने लक्ष राखिएको छ । बाइक सुरु गरिने स्थान 10438 Town Center Dr., Westminster, CO 80021
छ । सबै प्रतियोगितामा सहभागिताका लागी एक प्रतियोगिले १० अमेरिकी डलर तिर्नुपर्ने छ ।

सम्पूर्ण खेलका बिजेताहरुलाई जुलाई १६, २०१७ मा हुने समर पिक्निकमा प्रमाण पत्र तथा पदक वितरण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू