अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

लङमन्टमा रक्तदान कार्यक्रम हुने

बिआरटीनेपाल २०७४ असार ३ गते १९:४५ मा प्रकाशित

लङमन्ट स्थित नेपालीहरूको पहलमा आगामी जुलाई ८ तारिकका दिन रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । हिमालयज लायन्स क्लब लङमन्टको आयोजना तथा बोल्डर बोन फिल्स ब्लड सेन्टर र ब्लड डोनर्स अफ अमेरिकाको सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो ।
निश्चित अवधिपछि मानव शरीरमा रहेको रक्तकोषहरु आफै मरेर जाने त्यस्तो रगत दानगर्दा कसैको जीवन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा कोलोराडोमा रहेको रक्त अभावलाई केही हद सम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको लायन्सका नव निर्वाचित अध्यक्ष प्रमोद श्रेष्ठले बताएका छन् ।

क्लबको विशेष आग्रहमा बोल्डर बोन फिल्स ब्लड सेन्टरले भोलेन्टियर सहितको भ्यान आगामी जुलाई ८ तारिक शनिवारका दिन बिहान ९ बजे देखि दिउसो १ बजे सम्म लङमन्ट स्थित लाईफ ब्रिज क्रिस्चियन चर्चमा रहने छ । नेपाली समुदायको प्रतिष्ठा र पहिचाहनको लागि कार्यक्रमा सहभागी भई रक्तदान गरी कार्यक्रमलाई भव्यताका साथ सफलपार्न अध्यक्ष श्रेष्ठले सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया