अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 17:52

एनआरएनए बेल्जियमको अध्यक्षमा राम लामाको उम्मेदवारी घोषणा-आइसीसी सदस्यमा पुनः नेत्र मगरको दावी

बिआरटीनेपाल २०७४ असार ३ गते ८:२८ मा प्रकाशित

गैह्र आवासीय नेपाली संघ  बेल्जियमको आगामी ९ २०१७(२०१९ ० दुई वर्षे कार्यकालका लागि तामाङ समाज बेल्जियमका वर्तमान अध्यक्ष तथा संघिय समाजवादी फोरम,बेल्जियमका सल्लाहकार राम लामाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन भने अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य९आइसीसी०मा नेत्र मगरले पुनः दोस्रो पटक उम्मेदवारी दिने घोषणा गरेका छन् । हरेक दुई वर्षमा हुने गैह्र आवासीय नेपाली संघ बेल्जियमको सातौँ राष्ट्रिय अधिवेशन आगामी १३ अगस्ट २०१७मा गर्ने निर्णय गरे संगै बेल्जियममा रहेका एनआरएनहरुले अध्यक्ष लगायत विभिन्न पदहरुका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र पारेसंगै लामा र मगरले आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।

विधानतस् गैह्र आवासीय नेपाली संघ विसुद्द राजनीति भन्दा फरक र बाहिर रहेको नेपाली डायस्पोराहरुको साझा सँगठन हो तर ब्यबहारतस् नेपालको रजनीतिक सस्कार र सँरचना देखि टढा हुन भने सकेको छैन त्यसैले नेपालि डायस्पोरा पनि नेपालको भिजिलान्ते राजनीतिक सँंंस्कार जस्तै बनेको छ ।

सहमतिका नाममा उम्मेदवारीहरुको चयन भनिए पनि राजनीतिक दाउपेच निक्कै हुने गर्दछ एनआरएनएको अधिवेशनमा त्यस्तै बेल्जियममा रहेका दुई दर्जन भन्दा बढि नेपाली डायस्पोराहरुको सस्थाहरुबाट नै प्रतिनिधि चयन गर्ने गराउने प्रचलन रहिआएको मा यो पटक पनि पुरानै सस्कारलाई निरन्तरता दिदै एनआरएनए,बेल्जियमको राष्ट्रिय परिषद अध्यक्षका लागि जनसम्पर्क समिति बेल्जियमले सुबाश जोशी,प्रवासी नेपाली मंच बेल्जियमले सरस्वति चापागाई, जनप्रगतिशिल मंच बेल्जियमले लोक दाहाललाई अध्यक्ष पदका लागि उम्मेदवारीको घोषणा गरेका छन ।

युरोपको राजधानी बेल्जियम पनि भएकोले गैर आवासीय नेपाली संघ बेल्जियमको राष्ट्रिय अधिवेशनलाई विशेष अर्थपूर्ण तरिकाले हेर्ने गरिन्छ कारण बेल्जियमबाट केन्द्रिय समन्वय समितिमा राम्रो पकड हुने गर्दछ तर राम्रो पकड भएपनि अझै सम्म युरोपबाट केन्द्रिय अध्यक्ष भने बन्न सकेको छैन ।

 

 

 

 

 

ईन्द्रावती

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू