अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

अभिनेत्री मनिषा कोईराला वाग्मती सफाइ महाभियानकी सद्भावना दूतमा नियुक्त

बिआरटीनेपाल २०७४ असार २ गते ३:५७ मा प्रकाशित

नेपाल सरकारको सहरी विकास मन्त्रालयले अभिनेत्री मनीषा कोइरालालाई वाग्मती सफाइ महाभियानकी सद्भावना दूतमा नियुक्त गरेको छ । मन्त्रालयले अभियानलाई अझ सबल तुल्याउने उद्देश्यले कोइरालालाई सद्भावना दूतमा नियुक्त गरेको हो ।

क्यान्सर जस्तो जटिल रोगलाई जितेकी ४६ वर्षीया अभिनेत्री कोईरालालाई आउँदो शनिबार थापाथली पुलमा हुने २१५ औं साप्ताहिक शृंखलाको विशेष समारोहमा मनीषाले वाग्मती सफाइ निरन्तरताको औपचारिक सुरुआत गर्ने मन्त्रालयले जनाएको छ ।

स्वयंसेवा र वातावरण रक्षाको ऐतिहासिक कदमका रूपमा देशैभरि फैलिएको सफाइ अभियानमा मनीषाको सहभागिताले थप ऊर्जासहित सकारात्मक बल पुग्ने बिश्वास मन्त्रालयको छ ।

बलिउडमा लामो अन्तरालपछि ‘डियर माया’ मार्फत कमब्याक गरेकी मनीषा यति बेला फिल्मी चर्चाको शिखरमा छिन् । उनको पछिल्लो फिल्मले निकै उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । लाई यसले धेरै ऊर्जा दिएको छ ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू