अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 21:43

ह्युस्टनका द्रोण गौतमद्वारा एनआरएनए टेक्सस च्याप्टरको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७४ असार १ गते १२:५१ मा प्रकाशित

ह्युस्टनका सामाजिक अभियन्ता द्रोण गौतमद्वारा एनआरएनए टेक्सस च्याप्टरको उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेकाछन् । विगत १४ वर्षदेखि टेक्ससको ह्युस्टन सहरमा परिवार सहित बस्सोवास गरिरहेका गौतम ह्युस्टनमा रहेका विभिन्न सामाजिक सस्थाहरुमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहभागी हुँदै आएकाछन्। Nepalese Association of Houston (NAH) मा सहसचिवको हैसियतमा रहेका गौतम एक गैर-नाफामूलक स्वास्थ्य संस्था भि केयर (Vcare) को कार्यकारी अधिकृत समेत हुन्। आफू संलग्न संस्थाहरूका माध्यमबाट सामाजिक हितका लागि सक्रिय गौतमलाई अझै सामाजिक उत्तरदायित्वको दायरा फराकिलो बनाउन मन भएकैले एनआरएन अमेरिकाको टेक्सस राज्य समितिमा रहेर काम गर्ने जाँगर देखाएका हुन्।

एनआरएन अमेरिकामा सबभन्दा धेरै सदस्य भएको राज्य टेक्ससको स्टेट च्याप्टरमा रहेर नेपाली-अमेरिकी समुदायको बृहत्तर हितका लागि काम गर्ने योजना सहित सामाजिक सञ्जाल फेसबुक मार्फत गौतमले टेक्सस राज्य च्याप्टरको उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेकाहुन्।

ह्युस्टन नेपालीहरूको बाक्लो बसोबास रहेको सहर मध्येमा पर्दछ। प्रत्येक वर्ष नेपालीहरूको सङ्ख्या बढेसंगै नेपाली समुदायको आवश्यकता र समस्याहरू पनि बढ्दोछ। तसर्थ एनआरएन अमेरिकाको टेक्सस च्याप्टरको जिम्मेवारी पनि बढ्दोछ। ‘नेपाली समुदायको अधिकतम हित प्रबर्धन गर्न भनेर नै टेक्सस च्याप्टर उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको हुँ’, उम्मेदवारी घोषणा पश्चात् गौतमले बताए। उम्मेदवारीसंगै गौतमले आफ्ना योजनाहरू समेत सार्वजनिक गरेकाछन्।

सहकार्यमा जोड:
टेक्सस च्याप्टरलाई उदाहरणीय बनाउन स्थानीय संघसंस्थाहरुसंग मिलेर काम गर्ने। नेपालीहरूको साझा संस्थालाई “राम्रो र हाम्रो” संस्था बनाउन प्रयास गर्ने।

राजनीतिक दाउपेचमा नलाग्ने:
सामाजिक संस्थामा बसेर राजनीति गर्नु नभई राजनीति गर्नखोज्नेहरुका विरुद्धमा अवाज उठाउने।

नेपाली समुदायको हितको पक्षपोषण:
टेक्ससमा रहेका नेपाली समुदायको सबै सुख-दु:खमा साथै रहेर काम गर्ने उद्देश्यछ। संस्थागत रोजगारीका लागि नेपालीहरूलाई आवश्यक सल्लाह/सुझाव दिन सक्ने टेक्सस च्याप्टर बनाउने लक्ष्य रहेकोछ। यसका साथै परेको बेला जहिल्यै नेपालीहरूलाई मद्दत गर्न तत्पर रहने गरी टेक्सस च्याप्टरलाई सक्रिय राख्न सघाउने।

एनआरएन अभियान:
एनआरएन एउटा अभियान हो। यसलाई सबै टेक्ससबासी नेपाली समुदायबीच पुय्राउन पहल गर्ने। ‘हाम्रो लागि एनआरएन’ भन्ने विश्वास दिलाएर टेक्ससमा बसोबास गर्ने नेपालीहरूको यकिन सङ्ख्या निर्धारण गर्न स्थानीय संस्थाहरुसंग सहकार्य गर्ने र एनआरएन अमेरिकाको सदस्यता बिस्तारमा ध्यानदिने । द्रोण गौतमलाई शुभकामना।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू