अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

विश्व रक्तदान दिवसको अवसरमा कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ असार १ गते ४:२१ मा प्रकाशित

विश्व रक्तदान दिवसको अवसरमा बुधवार कोलोराडोको बोल्डर स्थित रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान गरौं, आज गरौं, सधै गरौं भन्ने विश्व ब्यापी मुल नारालाई सफल पार्ने उद्धेश्यले ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरको आयोजनामा संम्पन्न कार्यक्रममा ४ जनाले रक्तदान गरेका छन् ।

अमेरीकी नियम अनुसार रक्तदान गर्न अमेरीकामा बस्न थालेको ३ बर्ष हुनुपर्ने तथा लगातार एक बर्ष देश बाहिर नगएको हुनु पर्दछ । रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरका संयोजक टिका पौडेल, सदस्य श्रीराम लुईटेल, लुना पौडेल र बद्री आचार्य रहेका छन् । कार्यक्रममा ब्लड डोनर्स अफ अमेरीकाको केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।

कोलोराडोमा हालै टीका पौडेलको संयोजनमा गठित च्याप्टर ५ सदस्सिय रहेको छ । यसका अन्य सदस्यहरुमा डा.संगीता सोत्रीया, डा. पंकज तिमल्सीना, श्रीराम लुईटेल र बिकास प्रधान रहेका छन् । नेपालीहरुको सकृयतमा अमेरीकामा गठित ब्लड डोनर्स अफ अमेरीकाको २२ स्टेटमा च्याप्टर गठन गरिएको छ । हाल यसको केन्द्रिय अध्यक्ष डा. नन्दन रेग्मी रहेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू