अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३६ | Colorodo: 09:51

डिसी नगर प्रमुखद्वारा अधिवक्ता निरन्जन अधिकारीलाई आयोग सदस्यमा मनोनयन 

बिआरटीनेपाल २०७४ जेठ ३१ गते ४:०६ मा प्रकाशित
नेपाली मूलका अधिवक्ता निरन्जन अधिकारीलाई वाशिंगटन डिसीका नगर प्रमुखले एसियन तथा प्रशान्त महासागर द्विप वासी समुदाय विकास आयोग सदस्यमा मनोनयन गरेकी छिन् l 
 
डीसी महानगर कि नगर प्रमुख म्युरिएल बाउजर (murial bowser ) ले उनलाई गत मे ५ तारिख को दिन मनोनयन गरेकी हुन् l महानगर प्रमुख बाउजरले डिसीका परिषद सभापति फिल मेनडेलसन् लाई पत्राचार गर्दै उक्त जानकारी गराएकी छिन् l 
 
मनोनित आयोग सदस्य अधिकारी ३ बर्षको लागि नियुक्त भएका छन् भने उनि अप्रिल १७ ,२०२० सम्म को लागि मनोनित भएका छन् l कानुन ब्यबसायी अधिकारी ले डिसीमा आफ्नो कानुन परामर्श तथा कानुन व्यवसाय संचालन गर्दै आएका छन् l डिसी महानगर क्षेत्रमा एउटा जिम्मेबार पदमा नेपाली मुलका व्यक्तिलाई मनोनित गरेकोमा डिसी क्षेत्रका नेपाली समुदाय निकै हर्षित भएका छन् l 
 
उनले ईनेप्लिज संग कुरा गर्दै समुदायको विकासको लागि आफुलाई नगर प्रमुखले मनोनित गरेकोमा खुशी व्यक्त गर्दै नगर प्रमुखलाई धन्यवाद दिएका छन् l 
 
यस्ता आयोगमा १५ सम्म सदस्य हुन् सक्छन तर अहिले सम्म १२ जना रहेका छन् l  यस्ता सदस्यहरुले शहर बिकासको लागि सर सल्लाह र सुझाव दिने गर्दछन अधिकारीले भने l यो सामुदायिक नियुक्ति हो र मासिक बैठक हुने हुनाले जन सम्पर्क हुने हुनाले मेरो लागि ठुलो अवसर भएको बताए l 
 
उनलाई यो पदमा मनोनित गर्न दुई तीन पटक अन्तर्वार्ता पनि दिनु परेको बताए l अध्ययन को शिलशिलामा अमेरिका आएका अधिकारी वकिल हुन् भने ८ बर्ष देखि यस क्षेत्रमा रहेका सामाजिक संघ/संस्थामा पनि आबद्ध छन् l 
 
उनले नेपाली समुदायले समेत मौका पाएकोमा आफुलाई दिएको जिम्मेबार ईमान्दारिता साथ काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् l उनको यो मनोनयन लाई समर्थन को लागि परिषदलाई छिटो भन्दा छिटो निश्चित गरि पाऊ भनि नगर प्रमुखले म्युरिल ले पत्राचार गरेकी छिन् l
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू