अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

मिस पुर्वान्चलको क्यालेन्डर बिमोचन

बिआरटीनेपाल २०७४ जेठ ३० गते २३:०१ मा प्रकाशित

हरेक वर्ष मिस पुर्वान्चलका बिजेताहरुको फोटोशुट गरी क्यालेन्डर निकाल्दै आएको सिल्भर इन्टरटेन्मेंटले चेसुंग वाइनसंगको सहकार्यमा चेसुंग क्यालेन्डर २०७४ प्रकाशन गरेको छ । चेसुंग क्यालेन्डर २०७४ को शुक्रवार धरानको दसहरा हलमा आयोजित एक कार्यकर्ममा सहायक प्रजिअ मेनुका न्यौपाने , गायिका प्रास्ना शाक्य ,कोरियोग्राफर प्रशान्त तामाङ,सिजी फुड्सको सिनियर म्यानेजर मनोज झा , मिस पुर्वान्चल २०१४ नेमिता आन्गबुहांग , मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्शा मादेनले संयुक्त रूपमा लोकापर्ण गरेका थिए ।

मिस पुर्वान्चल २०१६ कृतिका गिरि , मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्शा मादेन र मिस फोटोजेनिक २०१६ अस्मिता खड्गीले क्यालेन्डरका लागि फोटोशुट गरेका छन् । धरानका विभिन्न लोकेशनमा खिचिएका फोटोहरू नरेन राईले खिचेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू