अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४७ | Colorodo: 14:02

टेक्ससमा ‘एचडिएनपी’द्वारा घरबार बिहिनलाई भोजन

बिआरटीनेपाल २०७४ जेठ २९ गते २३:४५ मा प्रकाशित

अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले त्रैमासिक रुपमा संचालन गरि रहेको घरबार बिहिन तथा अशक्तलाई भोजन गराएको छ l गत जुन १० तारिख टेक्सस राज्यको ड्यालस को फोर्टवर्थको युनिटी पार्कमा ४ सय ८५ जना लाई खाना खुवाएको हो l

उक्त त्रैमासिक रुपमा भोजन खुवाउनको लागि सहयोग गर्ने प्रायोजक ,स्वयम सेवक तथा कर्मचारीहरुमा बिशेष धन्यबाद संस्थापक देवी आचार्यले दिएका छन् l

टेक्ससको ड्यालस क्षेत्रमा बसोबास गर्दै आएका घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन गराउदै आएको छ l उक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ l

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन ,भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ  l

यस्को साथै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई सहयोग गर्दै आएको छ l एचडीएनपी इन्टरनेसनल ले हरेक ३ महिनामा रक्तदान पनि संचालन गर्दै आएको छ l र यस पुन्य काम को लागि सहयोग गर्न संघ/संस्था तथा व्यक्तिगत रुपमा सहयोग गर्न चाहना राख्ने सवैमा आग्रह समेत गरेको छ l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारमा दर्ता भै मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू