अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

खप्तडमा पूर्व युवराज पारस बस्ने गरेको ढुगांमा फोटो खिचाउनेको धुईरो

बिआरटीनेपाल २०७४ जेठ २९ गते २२:४४ मा प्रकाशित

पछिल्लो समय खप्तडमा पर्यटकिय चहलपहल बढ्न थालेको छ । त्यसमा पनि आन्तरिक पर्यटकका लागि त खप्तड पहिलो रोजाईमै पर्छ । पर्यटन मैत्री पुर्वाधार, प्रचार प्रसारमा त्रिवता र पर्यटकिय उपजहरु थपिँदा खप्तड पर्यटकको थप आकर्षण बनेको पर्यटन अभियन्ता किशोर खड्का बताउँछन् ।

उनका अनुसार प्राकृतिक रुपले सुन्दर खप्तडमा थप पर्यटन मैत्री पुर्वाधार, फोन, बाटोघाटो आदिको सुबिधाले पर्यटकहरु खप्तड प्रति आकर्षित हुन थालेका हुन् । त्यसैगरी पर्यटन संग जोडिएका अन्य कृयाकलाप पनि बृद्धी भएको उनको दावी छ । खप्तड स्वामीले लामो समय बिताएको खप्तड क्षेत्रमा योग साधना तथा शान्त वातावरणका लागि पनि आकर्षक रहेकाले पछिल्ला दिनहरुमा पर्यटनहरु बढिरहेको पाईएको छ ।

करिव १ बर्ष पहिला पुर्व युवराज पारस पनि ३ हप्ता खप्तड बसेका थिए । खप्तडमा रहँदा उनले पनि योग साधनामा चासो देखाएको पारस निकट स्रोत बताउँछ । श्रोतका अनुसार खप्तडमा बिरेन्द्र स्मृती गृह संगै रहेको ढुगांमा बसेर पारस घण्टौं चिन्तनमा डुबेका हुन्थे । स्व. राजा बिरेन्द्रको नाम कुँदिएको सो ढुंगामा घण्टौं सम्म बसेको देखेका स्थानिय तथा त्यहाँ पुग्ने पर्यटकले सो ढुंगाको नाम नै पारस ढुगां राखेका छन् । हाल उक्त ढुगां खप्तड पुग्ने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । गंगा दशहरा मेला भर्न गएकाहरुको पनि सो ढुगांमा बसेर आफ्नो तस्विर खिचाउन भिड लागेको खड्का बताउँछन् ।

यो संग संगै खप्तड वरपर पनि पर्यटकिय पूर्वाधारहरु धमाधम बिकाश भई रहेका छन् । बझाङबाट खप्तड पुग्न नजिकै सडक सञ्जाल जोडिदैं छ भने अछामको नैनीमा धार्मिक पर्यटकिय पूर्वाधार निर्माण भईहरका छन् । नैनिमा पनि योग साधना गर्नका लागि उपयुक्त वातावरण र पूर्वाधार तयार गरिएको पर्यटन व्यवसायी मिन रानाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू