अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

‘डम्बर कुमारी-गणेश आख्यान पुरस्कार’द्वारा दार्जिलिङकी आख्यानकार डा.वीणा हाङ्खिम सम्मानित

बिआरटीनेपाल २०७४ जेठ २८ गते १४:०९ मा प्रकाशित

डम्बर कुमारी -गणेश साहित्य प्रतिश्ठान काठमाडौले यो बर्षको ‘डम्बर कुमारी -गणेश आख्यानूपुरस्कार दार्जिलिङकि साहित्यकार आख्यानकार एवम समालोचक डा; वीणा हाङ्खिमलाई प्रदान गरेको छ । शनिबार राजधानिमा एक समारोहको आयोजना गरि लामो समय देखी नेपाली साहित्यमा योगदान पुयाएको कदर स्वरुप आख्यानकार डा. वीणा हाङ्खिमलाई सम्मान गरिएको हो ।

वरिष्ठ कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा भएको सम्मान समारोहमा बिशिष्ठ अतिथी प्रा। डा । गोबिन्द भट्टराईले पुरस्कृत ब्यक्तित्वको बारेमा प्रकाश पारेका थिए । खासगरी आख्यानका क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई प्रदान गरिने यो पुरस्कार समावेसी तरिकाले एकपटक पुरुष आख्यानकार र अर्कोपटक महिला आख्यानकारलाई दिईने जानकारी प्रतिष्ठानकी अध्यक्ष मन्दिरा मधुश्रीले बताईन् ।

गत वर्ष जेठ २७ गतेकै दिन मधुश्रीका माता पिताको ६१ औ बैवाहिक वर्ष उत्सवको अवसर पारेर यो प्रतिश्ठानको स्थापना भएको थियो । सोही दिन डम्बर कुमारी- गणेश आख्यान पुरस्कारको पनि घोषणा भएको थियो र त्यही दिन नै पहिलो पटकको पुरस्कार वितरण पनि गरिएको थियो ।

दुई चरणमा बिभाजित कार्यक्रमको दोश्रो चरणमा प्रतिश्ठानकि अध्यक्ष तथा कथाकार मधुश्रीको कथा सङ्ग्रह बुधनको घोडीमाथि कवि तथा उपन्यासकार, पत्रकार रेशम बिरहि पाठकिय टिप्पणी र समालोचक डा. रजनि ढकालले समालोचकिय टिप्पणी गरेका थिए ।

पहिलो पटक ‘डम्बर कुमारी-गणेश आख्यान पुरस्कार’ आख्यानकार तथा समालोचक नेपाली साहित्यिका धरोहर प्रा.मोहन राज शर्मालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू