अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३७ | Colorodo: 23:52

भुटानी शरणार्थीहरुको जीवन–सङ्घर्षमा आधारित उपन्यास ‘हन्बेर्नो’ लोकापर्ण

बिआरटीनेपाल २०७४ जेठ २८ गते ०:०९ मा प्रकाशित

दिनेशकुमार कार्कीको उपन्यास ‘हन्बेर्नो’ को बिमोचन गरिएको छ । भुटानी शरणार्थीहरुको जीवन–सङ्घर्षमा आधारित उपन्यास ‘हन्बेर्नो’को शनिवार राजधानि स्थित सर्वनाम थियटरमा एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको हो ।


वरिष्ठ पत्रकार किशोर नेपाल, आख्यानकारद्वय कृष्ण धरावासी, उमा सुवेदी र कवि केशव आचार्यले संयुक्त रुपमा विमोचन गरेको उपन्यास हन्बेर्नोको बारेमा बोल्दै उपन्यासकार कार्कीले झापाको शरणार्थी शिविरमा रहेका भुटानीसँगको सम्पर्कले उपन्यास तयार भएको जानकारी दिंदै भने- ‘भुटानबाट लखेटिएका र तेस्रो देश पुनर्वासको नाममा नेपाल छोड्न बाध्य शरणार्थीहरुको सङ्घर्ष–कथा हन्बेर्नोमा छ । २०५४ सालतिर फुपाजूलाई खोज्न मेघालयतिर गएको थिएँ, त्यहाँ काम गर्ने भुटानीहरुको पीडालाई नजिकबाट नियाल्ने मौका पाएँ र त्यही कथालाई जोडेर हन्बेर्नो तयार भएको हो ।’


त्यस्तै उपन्यास हन्बेर्नोबारे बोल्दै आख्यानकार कृष्ण धराबासीले भने म आफुले पनि भुटानी शरणर्थीका बारेमा लेखें तर “मैले त शरणार्थीहरुको झलक मात्र दिएको छु, हन्बेर्नोमा सबै कुरा आएका छन् ।

इन्डिगो इन्कले प्रकाशन गरेको यो पुस्तकको मूल्य २ सय ९९ रूपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू