अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०९ | Colorodo: 18:24

कथाकार राजन पनेरुको पहिलो कृति लघुकथा ‘बिन्दुमा सिन्धु’ बिमोचित

बिआरटीनेपाल २०७४ जेठ २७ गते १२:१८ मा प्रकाशित

कथाकार राजन पनेरुको लघुकथा संग्रह ‘बिन्दुमा सिन्धु’ बिमोचित भएको छ । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि कृती ‘बिन्दुमा सिन्धु’को बिमोचन गरिएको हो ।


२०४८ साल साउन ३०  गते पिता दशरत पनेरु र माता सितादेवी पनेरुको तेस्रो सन्तानको रुपमा लम्जुङको राईनासमा जन्मिएका कथाकार राजन पनेरु बिगत ५ बर्षदेखी निरन्तर लघुकथामा सक्रीय कथाकार हुन् । आफ्नो पहिलो कृतिका रुपमा ‘बिन्दुमा सिन्धु’ लघुकथा संग्रह लिएर बजारमा आएका पनेरु बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनमा स्नातकोत्तरका बिद्यार्थी हुन् ।

थोपा भित्र समुन्द्रको बिम्ब बोकेको बिन्दुमा सिन्धु बिमोचन समारोहमा बोल्दै यस कृतिका समिक्षक साहित्यकार डा. रबिन्द्र समिरले कृतिले ग्रामिण तथा युवापुस्ताका जल्दाबल्दा बिषय उजागर गरेको बताउँदै कथाकार पनेरुले कथाका माध्यमबाट ब्यक्ती परिवार तथा समाजमा बिद्यमान बिकृति, बिसंगति एवं द्धैध चरित्रमाथी सटिक प्रहार गरेको बताए ।

शब्दघर छापाखानाको प्रकाशनमा बजारमा आएको यो कृतिको आवरण १० बर्षिय बालक सुप्रिम पाण्डेले गरेका हुन् जो साहित्यकार रबिन्द्र समिरका छोरा हुन् । ७४ वटा छोटाकथा संग्रहित यस कृतिका बारेमा बोल्दै बिमोचन समारोहका सभापति तथा साहित्यकार श्री ओम श्रेष्ठ रोदनले कथाकार पनेरुले माझिएका कथाहरु लिएर आएको बताए । साथै उनले राजनले सुरुवाती दिनहरुमा रहरले लेखेपनि कृति प्रकाशन सम्म कथाका बारेमा राम्ररी बुझेर आएकाले पनि ‘बिन्दुमा सिन्धु’ बलियो कृतिका रुपमा बजारमा आएको भन्दै प्रशंशा गरेका थिए ।

नयाँ तथा पुराना साहित्यकारहरुको बाक्लो उपस्थिती रहेका कृति बिमोचन समारोहमा मञ्जु काँचुली, पुस्कर राज भट्ट, तुलसीहरी कोईराला लगायले कृति माथीको आफ्नो धारणा राखेका थिए भने कथाकार पनेरुले संग्रह भित्रका २ वटा कथा पनि बाचन गरेर सुनाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू