अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

अनेसासको पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पर्थ अस्ट्रेलियामा हुने

बिआरटीनेपाल २०७४ जेठ २७ गते ९:१४ मा प्रकाशित

प्रत्येक दुई वर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अस्ट्रेलियाको पर्थ सिटीमा सेप्टेवरको ०९-१०, २०१७ मा आयोजना हुने भएको छ ।

पाँचौ पटक हुन लागेको उक्त साहित्यिक सम्मेलन अस्ट्रेलियामा भने पहिलो पटक हुन लागेको हो। र पर्थको हकमा नेपाली समुदायमा अन्तर्राष्ट्रिय स्तरको यो पहिलो कार्यक्रम हुने छ | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (पर्थ-डब्लु ए) शाखाको आयोजनामा हुन लागेको यस कार्यक्रममा नेपालका साथै विश्वभरिबाट साहित्यकार तथा लेखकहरुको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल लगायत संसारभरका नेपाली भाषा तथा साहित्यप्रेमी महानुभावहरुलाइ सुन्दर नगरी पर्थमा ल्याउने, कार्यक्रमका संयोजक तथा च्याप्टरका अध्यक्ष गणेश घिमिरेले जानकारी दिए | अध्यक्ष घिमिरेका अनुसार डायस्पोरामा रहेको नेपाली साहित्यलाई कसरी विश्वस्तरीय बनाउन सकिन्छ भन्ने बारेमा छलफल हुनेछ ।

यस प्रकारका सम्मेलनबाट नेपाली साहित्यको परिचय र विकास विश्वका अन्य भाषिक साहित्यको दाजोमा पुर्याउनमा थप बल पुग्ने आयोजकहरुले जानकारी गराए | अहिले कार्यक्रमको पूर्व तयारीका लागि विभिन्न समितिहरूको निर्माण गरी आवश्यक पूर्वाधार तयार गर्न काम भइरहेको जानकारी कार्यक्रम संयोजक घिमिरेले जानकारी गराए | कार्यक्रमलाई सभ्य र भव्य रूपमा सञ्चालन गर्न कुनै कसी बाँकी नराख्ने, मूल आयोजक समितिका सह-संयोजक निरज क्षेत्रीले बताए |

संस्थाका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले यस साहित्यिक सम्मेलन मार्फत नेपाली साहित्यको वर्तमान आयाम, नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण बारेमा छलफल हुने बताए | उनले यस सम्मेलन मार्फत विश्वभरि छरिएर रहेका नेपाली साहित्यकारहरुलाई एकै ठाउँमा जोड्ने दाबी समेत गरे ।

कार्यक्रम तयारी र आवश्यक व्यवस्थापनका लागि केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा संस्थाका बरिष्ट उपाध्यक्ष राधेश्याम लेकाली, सचिव गणेश घिमिरे र ओसियाना उपाध्यक्ष भीमसेन सापकोटा सहितको उच्चस्तरीय निर्देशन समिति निर्माण भएर काम भइरहेको छ |

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गर्दै आएको छ । यस अघि २०१५ मा पाँचौ सम्मेलन जापानको टोकियोमा आयोजना गरिएको थियो | संसारभरका ४० वटा भन्दा बढी देशमा झन्डै ९० को हाराहारीमा च्याप्टरहरु स्थापना गरी नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्ष्ण र प्रबर्द्दन गर्ने यो संस्था नै सबै भन्दा ठुलो सस्थाको रूपमा उभीएकाे छ |

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू