अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

पोर्चुगलमा बरिष्ठ गायक तथा संगीतकार शम्भु राईको स्वागत तथा सम्मान 

बिआरटीनेपाल २०७४ जेठ २४ गते ९:५९ मा प्रकाशित
बरिष्ठ गायक तथा संगीतकार शम्भू राईलाई गैह्र आवासिय नेपाली संघ तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको तर्फबाट एक समारोह बीच स्वागत तथा सम्मान गरिएको छ ।
गैह्र आवासीय नेपाली संघ,पोर्चुगलको कार्यालयमा आयोजित एक समारोह बीच एनआरएनए,पोर्चुगलका अध्यक्ष भिम केसी कमल तथा अनेसास,पोर्चुगलका अध्यक्ष सुनिल संगम द्वयले गायक तथा संगीतकार शम्भू राईलाई खदक ओढाएर स्वागत तथा सम्मान गरिएको थियो ।
गैह्र आवासिय नेपाली संघ,पोर्चुगलले नेपाली कलाकारहरुलाई समान दृष्टिले हेर्ने र समान रुपमा सम्मान गर्ने गरेको छ ।उक्त स्वागत तथा सम्मान कार्यक्रममा बरिष्ठ गायक तथा संगीतकार शम्भू राईले आफ्नो जीवनको बारेमा र नेपाली गीत संगीतको क्षेत्रमा भएका प्रगती र बिकास प्रति टिप्पणी सहित नेपाली गीत संगीतमा दिएको लामो योगदान र प्रयासका बारेमा खुलेर बोलेका थिए भने एनआरएन पोर्चुगलका अध्यक्ष तथा अनेसास पोर्चुगलका अध्यक्ष सुनिल संगम द्वयले पोर्चुगलको नेपाली समुदायहौर्को बारेमा जानकारी मुलक अनुभव र नेपाली गीत संगीतप्रति देखिएका सुस्तता प्रति चिन्ता व्यक्त गरेका थिए ।
नितान्त सौम्य र सभ्य वातावरणमा सम्पन्न उक्त कार्यक्रम अनेसास पोर्चुगलका उपाध्यक्ष वाई वि तमूले संचालन गरेका थिए ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू