अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

कम्युनिस्ट केन्द्र र मार्क्सवादीबीच पार्टी एकता

बिआरटीनेपाल २०७४ जेठ २४ गते ९:३१ मा प्रकाशित

कम्युनिस्ट केन्द्र नेपाल र नेकपा (मार्क्सवादी)बीच पार्टी एकता भएको छ । बुधबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा आयोजित एक विशेष कार्यक्रममा एकता घोषणा गरेको हो ।

कार्यक्रममा केन्द्रका अध्यक्ष दुर्गाप्रसाद जैसी र नेकपा (माक्र्सवादी)का संयोजक टंकनाथ पौडेलद्वारा वितरित हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा माक्र्सवाद–लेनिनवाद–माओविचारधारालाई पथप्रदर्शक मान्दै नौलो जनवादी क्रान्ति सम्पन्न गर्र्नुलाई मुख्य कार्यभार बनाइएको उल्लेख गरिएको छ ।

साथै, जनताको चाहना गणतन्त्र घोषणा भइक्दा पनि पूरा हुन नसकेको भन्दै संविधानप्रति पार्टीले अलोचनात्मक समर्थन मात्र गरेको उल्लेख छ । तत्कालीन प्रधानमन्त्री प्रचण्डले दिल्लीमा गरेको सम्झौतापछि मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कमजोर भएको भन्दै सम्झौताको खुलेर विरोध गरेको छ ।

०६२÷०६३ को जनआन्दोलनपछि राज्य पुनर्संरचनाका क्रममा राज्यले पश्चिमी संसदीय प्रणालीलाई अझ बलियो पार्ने काम गरेको भन्दै मुलुकलाई सिक्कीमिकरण र भुटानीकरण गर्दै लगेकोमा आपत्ति जनाइएको छ ।

कार्यक्रममा माक्र्सवादी नेता साध्यबहादुर भण्डारी, जनमोर्चा नेपालका तेजप्रसाद घिमिरे, शिव श्रेष्ठ, नेकपा (माक्र्सवादी)का अमृत पुरी, कम्युनिस्ट केन्द्र नेपालका केपी गौतम, रामहरि गौतमलगायत नेताहरुले धारणा राखेका थिए ।

एकतापछि पार्टीको नाम नेकपा (माक्र्सवादी) राखिएको छ । यसलाई महाधिवेशन वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू