अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

अाेबीसीएको सातौ राष्ट्रिय अधिवेशन हुने पक्का, कार्य समिति पुर्ण गठन गरिने

बिआरटीनेपाल २०७४ जेठ २३ गते ५:०७ मा प्रकाशित
अमेरिकामा रहेको भूटानीहरुको संस्था भनेर चिनिएको अर्गनाइजेसन अफ भुटि्नज कम्युनिटिज इन अमेरिका (अाेबीसीए) को सातौ राष्ट्रिय अधिवेशन अमेरिकाको नेब्रास्का राज्यकाे अाेमाहा शहरमा हुने भएकाे छ । भुटि्नज कम्युनिटिज इन नेब्रास्का (बीसीएन), मिड वेष्ट भुटि्नज कम्युनिटिज, इफाकान्स इन्टरनेसनल फाइन अार्ट्स/फाउन्डेसन, ग्लाेबल भुटि्नज लिटरेरी अर्गनाइजेसन नेब्रास्का च्याप्टर, भुटि्नज अार्टिस्ट्स अफ नेब्रास्का र अमेरिकन भुटि्नज हुमन  स्पाेर्ट एशाेसियसनलगायत संस्थाहरुको संयोजन र सहकार्यमा अाेबीसीएले आफ्नो सातौ राष्टिय अधिवेशन जुलाई २८ देखि जुलाई ३० तारिकसम्म आयोजना गर्न जनाएको हो ।
  अधिवेशन कार्यक्रम संचालन गर्नको निमित्त संस्थाका काेषाध्यक्ष अाइत रार्इको प्रमुख संयाेजनमा रहेकाे तीन सदस्यीय अायाेजक मूल आयोजक समिति गठन गरिएकाे छ । समितिमा संस्थाका उपाध्यक्ष दिलिप दाहाल र बाेर्ड अफ डाइरेक्टर जिदेन रार्इ संयाेजकको रुपमा रहेका छन् । यसैगरी अायाेजक संस्था भुटि्नज कम्युनिटिज इन नेब्रास्का (बीसीएन) का अध्यक्ष भीम गुरूङ र अमेरिकन भुटि्नज हुमन स्पाेर्ट एशाेसियसनकी संयाेजक बविता गुरूङकाे नेतृत्वमा १० सदस्यीय राज्य अायाेजक समिति गठन गरिएकाे छ। सथापनाकालदेखि प्रय्तेक वर्ष आयोजाना हुँदै आएको अधिवेशन सन् २०१४ मा मात्र विशेष कारणले गर्दा आयोजाना हुन सकेको थिएन ।
सन् २०१० मा स्थापित अाेबीसीएकले यसअघिका राष्ट्रिय सम्मेलनहरू सन् २०१० मा एटलान्टा, सन् २०११ मा नासभिल, सन् २०१२ मा फाेनिक्स, सन् २०१३ मा डेन्भर, सन् २०१५ मा फाेर्टवर्थ र सन् २०१६ मा  सिनसिनाटीमा सम्पन्न गरेका थियो  । अधिवेशन मार्फत अाेबीसीएले अमेरिकाको विभिन्न राज्य र शहरमा रहेका भूटानीहरुलाई ध्यानमा राख्दै भूटानीहरु बसोबास गरिरहेका सम्पुर्ण राज्य र शहरका लागि  प्रतिनिधि चयन गर्ने र ओबिसीएको नयाँ बाेर्ड पनि गठन गर्ने जनाइएकाे छ । अधिवेशनको अवसरमा अाेमाहामा इन्टरस्टेट भुटि्नज वुमन सकर टुर्नामेन्ट पनि अायाेजना गरिने बाताइएको छन् भने विभिन्न राज्यबाट कार्यक्रम सहभागी हुन आउने कलाकारहरुले संस्कृति अनि सांगीतिक प्रस्तुती पनि प्रस्तुत गर्ने जानकारी प्राप्त भएको छ ।
अधिवेशन सफल बनाउन व्यस्ता रहेका ओबिसीएका अध्यक्ष डीबी रार्इसँग अधिवेशन र ओबिसीलाई छाता संगठन किन भनियो त भन्ने प्रश्न गर्दा  बीआरटी नेपालसंग कुरा गर्दै अध्यक्ष  राईले भने,’;अमेरिकामा रहेका भूटानीहरुको संस्थाले आफ्नो सातौ अधिवेशनको आयोजना गर्ने तयारीमा रहेको छ । बिगत वर्ष भन्दा फरक तरिकाले संस्थाको बाईलस परिमार्जन गर्दै संस्थालाई पुर्ण गति दिन हामी लागिपरिरहेको छौ । अमेरिकामा रहेका करिब ९० हजार भूटानीहरु माझ पुग्नको लागि हामीले यसपालीको अधिवेशनबाट विशेष विषय उठान गर्न खोजिरहेका छौ  ।
हाम्रो संस्थालाई हामीले छाता संगठान कहिले पनि भनेको छैनौ, एक दुई जनाले भनेको हो भने त्यो अधिकारिक होइन तर, हाम्रो संस्था अमेरिकामा रहेका सम्पुर्ण भुटानीहरुको साझा संस्था चाहि पक्कै हो । राईले पुन; थपे,’ अमेरिकाको विभिन्न राज्यमा रहेको भूटानीहरुको संस्थाले राष्टिय रूपमा भूटानीको विषय उठान गर्न सक्दैनन् त्यसैले ओबिसिए मार्फत त्यस्तो विषय उठान भैरहेको छ । यस विषयमा साथ सहयोग अनि सल्लहा प्रदान गर्न सबैमा अनुरोध गर्दछु  ।
‘ अाेबीसीएका अध्यक्ष डीबी रार्इ र अायाेजक संस्था भुटि्नज कम्युनिटिज इन नेब्रास्का (बीसीएन) का अध्यक्ष भीम गुरूङले एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै  अधिवेशन सम्बन्धी सम्पुर्ण जानकारी गराउदै अधिवेशनलाई  सफल बनाउन सहयाेग र सहकार्यका लागि सबैमा अाव्हान गरेका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू