अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 07:49

हिमालयज लायन्स क्लबका नयाँ पदाधिकारीहरुको परिचयात्मक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ जेठ २२ गते ७:५६ मा प्रकाशित

नेपालीहरूको सक्रियतामा गठित हिमालयज लायन्स क्लब लङमन्टको नयाँ कार्यसमितिको परिचयात्मक कार्यक्रम एक भव्य समारोह बिच सम्पन्न भयो ।

लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा लायन्सका पाष्ट ईन्टर नेसनल डिरेक्टर केन स्काउल्स, लायन्स ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर केननोर गिल, ग्वोवल मेम्बर चेयर पर्शन देवमेण्डल हल, लायन्स ६ नर्थ ईष्ट डिष्ट्रिकको आगामी गर्भनर डेबिड डे, लायन्स ६ नर्थ ईष्टका विभिन्न क्लबका पदाधिकारी, नेपाली सङ्घ संस्थाका पदाधिकारी, नेपाली भाषा कक्षाका सहभागी छात्र छात्रा र तिनका अभिभावक व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो । 

नेपाल र अमेरिकाको राष्ट्रिय गान पछि लायन्स ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर केननोर गिलद्धारा पानसमा बत्ती बालेर सुरु गरिएको कार्यक्रममा संस्थाका मेम्बरसिप चेयर पर्सन नारायण श्रेष्ठले सबैलाई स्वागत गरेका थिए भने स्मिता प्रधान, आस्विनी श्रेष्ठ, सचिव प्रमोद श्रेष्ठ, अध्यक्ष जोशन श्रेष्ठले विभिन्न विषयमा मन्तव्य दिएका थिए । कार्यक्रममा यसोदा भट्टले लायन्सको गतिविधि संगटिएको कवितामा प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको दोस्रो सत्रमा लायन्सको बृक्ष रोपण, खाना वितरण, नेपाली भाषा कक्षा लगायत विभिन्न क्षेत्रमा सहयोग गर्नेहरुलाई प्रशंसा पत्र, नेपाली भाषा कक्षामा सहभागी छात्र छात्रा निरन्तर सहभागिताको प्रमाण पत्र, यस कार्यकालका कार्यसमितिका पदाधिकारीहरुलाई कार्यकाल सफल बनाउन सक्रिय सहयोग गरेबापतको सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यसै गरी कार्यक्रमको अन्त्यमा आगामी कार्यकालका पदाधिकारीको घोषणा गरिएको थियो । यसरी सर्वसम्मत तरिकाबाट आगामी कार्यकालको लागी छनोट भएका पदाधिकारीहरुमा अध्यक्ष प्रमोद श्रेष्ठ, प्रथम उपाध्यक्ष बिकल पराजुली, द्धितिय उपाध्यक्ष पूर्ण श्रेष्ठ, तृतिय उपाध्यक्ष प्रेमकाजी श्रेष्ठ, सचिव उज्जल सुनुवार, कोषाध्यक्ष सञ्जय प्रधान, मेम्बरसिप चेयरपर्शन नारायण श्रेष्ठ र कम्यूनिकेसन अफिसर नातिबाबु भट्ट रहेका छन् ।

कार्यक्रममा ग्लोबल फोरमका अध्यक्ष तिर्थ बर्मा ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय सदस्य भुषणलाल श्रेष्ठ, सङ्खुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, नेवा खःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, यूएस नेपाल न्यूजका बिकल पराजुली, रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपालका दीपक सुनुवार लगायत विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । आजै हिमालयज लायन्स क्लब लङमन्टको आयोजनामा ६ नर्थ ईष्ट डिष्ट्रिको क्याविनेट मिटीङ सोही स्थानमा सम्पन्न भएको थियो । सो कार्यक्रममा रिहाना कार्कीले टिपीकल नेपाली पहिरन लगाएर नेपाली सङ्गीतमा कुशल नृत्य प्रदर्शन गरेकी थिइन् ।

प्रतिक्रिया