अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

नेपालको ४ दिने अध्ययन भ्रमण सकी ‘मानव अधिकार आयोग बङ्गलादेश’को उच्चस्तरीय टोली स्वदेश फिर्ता

बिआरटीनेपाल २०७४ जेठ २१ गते १४:०५ मा प्रकाशित

नेपाल भ्रमणका लागि आएको राष्ट्रिय  मानव अधिकार आयोग बङ्गलादेशको उच्च स्तरिय भ्रमण टोली स्वदेश फिर्ता भएको छ । राष्ट्रिय मानव अधिकार आयोग नेपालको निमन्त्रणामा मंगलबार नेपाल आएको सो उच्च स्तरिय भ्रमण टोली शनिबार बंगलादेश फिर्ता भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालले सो भ्रमणका बारेमा आईतार प्रेश बिज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । आयोगद्वारा जारी विज्ञप्ती अनुसार :

राष्ट्रिय मानव अधिकार आयोग बङ्गलादेशका मानार्थ सदस्य प्राध्यापक मेघना गुहाठार्कुताको नेतृत्वमा सचिव हिरणमय बरई सहित सात सदस्यीय टोली नेपाल भ्रमणमा रहेको थियो । टोलीले भ्रमणको क्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालमा रहेका मानव अधिकार उल्लंघन सम्बन्धी उजुरी, अनुसन्धान प्रक्रिया, सिफारिश कार्यान्वयनको अवस्था, आप्रवासी कामदारहरुको अवस्था र भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा आयोगले गरेको अनुगमन प्रक्रिया बारेमा बिस्तृतरुपमा जानकारी लिएको थियो ।

उक्त टोलीले राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष माननीय प्रकाश वस्ती र माननीय सदस्य सुदिप पाठक, सचिव वेद भटृराईसँग छुटृा छुटृै भेट तथा छलफल गरी मानव अधिकार संरक्षण तथा संवद्र्धनमा मानव अधिकार राष्ट्रिय संस्थाहरूको भूमिका सम्बन्धमा अनुभव आदान प्रदान भएको थियो ।

साथै भ्रमण टोलीले राष्ट्रिय महिला आयोग नेपालका अध्यक्ष, केन्द्रीयय बाल कल्याण समितिका कार्यकारी निर्देशक, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समूह (नियोक), शक्ति समूह लगायतका संस्थाका प्रतिनिधिहरूसँग भेट गरी ती निकायहरुको गतिविधि सम्बन्धमा बिस्तृतरुपमा जानकारी लिएको थियो । भ्रमणटोलीका प्रमुख राष्ट्रिय मानव अधिकार आयोग बङ्गलादेशका सदस्य गुहाठाकुर्ताले नेपालको अध्ययन भ्रमण अत्यन्तै फलदायी भएको र दुई आयोगबीच मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि समन्वय र सहकार्यको योगदान हुन सक्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू