अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

अफगानिस्तानको काबुलमा भएको शक्तिशाली बम विस्फोटमा परि कम्तीमा ८० जनाको मृत्यु

बिआरटीनेपाल २०७४ जेठ १७ गते ३:१७ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ८० जनाको ज्यान गएको छ भने तीन सय ५० जना भन्दा धेरै घाइते भएका छन् । स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर २५ मिनेट जाँदा भएको बम विस्फोटमा परि ठुलो संख्यामा ज्यान गुमाउनुका साथै सर्वसाधारणहरु घाईते भएका हुन् ।

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाए अनुसार काबुलको जानबाक स्क्वायर नजिक रहेको जर्मन दूतावास नजिक शक्तिशाली सवारी बम विस्फोट भएको हो ।

विस्फोट निकै शक्तिशाली रहेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर २५ मिनेट जाँदा विस्फोट भएको हो । त्यसबेला बजार निकै व्यस्त थियो । अहिले पनि उद्धार तथा राहतको काम भइरहेको छ । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू