अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२२ | Colorodo: 10:37

ब्लड डोनर्स अफ अमेरिकाको क्यालिफोर्निया च्याप्टर बिस्तार

बिआरटीनेपाल २०७४ जेठ १६ गते १२:२२ मा प्रकाशित
ब्लड डोनर्स अफ अमेरिका(BDA)  ले क्यालिफोर्निया च्याप्टरको बिस्तार गरेको छ ।   क्यालिफोर्निया च्याप्टरका संयोजक  एकदेब शर्माको संयोजकत्वमा   लस एञ्जलसमा बसेको एक भेलाले  ब्लड डोनर्स अफ अमेरिका(BDA) क्यालिफोर्निया च्याप्टरको बिस्तार गरेको हो ।
संयोजक  एकदेब शर्माका अनुसार  ब्लड डोनर्स अफ अमेरिका(BDA) एक  गैर नाफामूलक , गैर धर्मिक तथा गैर राजनीतिक  परोपकरी ५०१(क्)३ सामाजिक संस्था हो। (BDA is Non-profit, non-religious, and non-political 501(c)3 Charitable organization)  मानवसेवाको भावनाबाट प्रेरित भै रक्तदान र रक्तदान शिक्षाको माध्यमबाट समाजमा  योगदान पुर-याउने उद्धेश्यले  स्थापित  यस संस्थाले  अमेरिकाका ५० वटै राज्यमा आफ्नो पहूँच  बिस्तार गर्ने लक्ष राखेको र हाल सम्म क्यालिफोर्निया लगायत अमेरिका का २८ राज्यहरुमा आफ्नो च्याप्टर बिस्तार भैसकेको छ ।
कार्यक्रममा बोल्दै  संयोजक शर्मा भने  “स्थानीय अन्य सामाजिक संघ संस्थाहरू संग समन्वय गर्दै क्यालिफोर्नियाका बिभिन्न शहरहरुमा   रक्तदान कार्यक्रमलाई   नियमित रूपमा सञ्चालन गरिने र  यस अभियानमा आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरी मावब सेवा कार्यमा सहभागी हुनकालागी सम्पूर्ण क्यालिफोर्नियाबासी नेपालीहरूमा आह्वान गर्दछु।”
संस्थाको कार्यकारी सदस्य शारदा श्रेष्ठकोको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा NRNA ICC सदस्य दिल श्रेष्ठले रक्तदानको महत्वका बारेमा प्रकाश पारेका थिए ।
बिस्तारित समितिका  सदस्यहरु 
१- एकदेव शर्मा – संयोजक
२- कृष्ण कोइराला
३- चिरन्जिबी गौतम
४- उत्तम जङ्ग थापा
५- उपेन्द्र न्यौपाने
६- लक्ष्मण अधिकारी
७- ज्ञानेन्द्र गुरुङ
८- मनिता योगी
९- लक्ष्मण नेपाल
१०- झमक निरौला
११- कर्ण चन्द
१२- शीला आले
१३- गोपाल अधिकारी
१४- टिका आङ्गदम्बे
१५- थलबीर वली
१६- बाबु आचार्य
१७- हेम बहादुर ठकुल्ला
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू