अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१० | Colorodo: 16:25

कोलोराडोमा तुलसी दिवसलाई अभिनन्दन गरिने

बिआरटीनेपाल २०७४ जेठ १५ गते २३:४८ मा प्रकाशित

साहित्य तथा संस्कृतिका धुरन्धर बिद्धान कवि तुलसी दिवसलाई कोलोराडोमा एक समारोह बिच अभिनन्दन गरिने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आगामी जुन १० तारिक शनिवारका दिन कवि गोष्ठि समारोहमा कवि दिवसलाई अभिनन्दन गर्न लागिएको संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले बताएका छन् ।

नेपाली लोक संस्कृतिका वरिष्ठ अभियान्ता एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्य प्राध्यपक तुलसी दिवसलाई आफ्नै घर आगनमा भेट्न र उनका सारगर्भित कविता प्रत्यक्ष श्रबण गर्न पाउने शुभ अवसरमा सहभागी भई कार्यक्रमको शोभा बढाई दिनहुन अध्यक्ष ढुङ्गेलले सबै कोलोराडो बासी साहित्य अनुरागीहरुलाई आग्रह गरेका छन् ।

त्यसै गरी सोही समारोहमा स्थानीय कवि, कवयत्री तथा सर्जकहरुलाई आ–आफ्ना सृजना प्रस्तुत गर्ने अवसरका साथै साहित्यकार केनी पाण्डेद्धारा लिखित अदर साईड अफ प्याराडाईस पुस्तकको विमोचन कार्यक्रम समेत हुने बताइएको छ ।

मानिस जहाँ जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मूल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौँ च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू