अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

माझीबस्तीमा रुदैं नायक श्री कृष्णको तस्विर छोएर बाचा गरिन् श्वेताले (फोटो फिचर)

बिआरटीनेपाल २०७४ जेठ १५ गते १९:५४ मा प्रकाशित

समयले केही बदलेजस्तो देखिएपनि अझैं पनि नायिका श्वेता खड्काको मनको घाउ पुरिएको रैनछ । ईन्द्रावती नदिकिनारका माझी समुदायको उल्लास, सञ्चारकर्मीको भिड, कलाकार र आफन्तको साथ र सद्भावले घेरिएकी नायीका श्वेता खड्काले भक्कानीदै दिवंगत नायक श्री कृष्ण श्रेष्ठको तस्विर छोएर बाचा गरेको दृश्यले शनिवार माझी बस्ती पुगेका सबैलाई भावुक बनायो ।

भुकम्पले सिन्धुपाल्चोक जिल्लाको ठुलोसिरुबारी वार्ड नं. ९ झ्याडीका माझी समुदायका ६२ घरहरु बस्न नमिल्ने गरि भत्कीएपछि नायीका श्वताले स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठको स्मृतिमा स्थापित श्वता श्री फाउण्डेशन मार्फत एकिकृत नमुना बस्ती निर्माण गर्ने भएपछि बस्तीको औपचारिक शिलन्यासका लागि सोमबार श्वतेसंगै कलाकार र सञ्चारकर्मी ईन्द्रावती छेउको माझी बस्तीमा पुगेका थिए । पत्रकार, कलाकार र श्वताको स्वागतमा जुटेका माझी समुदायको आत्मिक आतिथ्यले श्वता सुरुमा खुसी देखीएपनि जव उनले आफ्ना बिचारहरु राख्ने पालो आयो त्यो बेला बोल्दाबोल्दै उनि भक्कानिईन् ।

सबैलाई धन्यवाद दिंदै गर्दा भावुक भनेकी श्वेताले श्रीमान श्री कृष्णको सम्झना गर्दा भने आफुलाई समाल्न बिसिईन् । रुंदै श्री कृष्णको तस्विर छोएर उनले भनिन् -‘म उहाँको तस्विर छोएर प्रोमिस (बाचा )गर्छु यो बस्ती निर्माण गरेर सबैको निरासालाई खुसीमा नबदले सम्म म लागि रहने छु तपाइहरुको बस्ती निर्माण गर्न । भावुक हुँदै उनले यो पनि भनिन् सबैको साथले मैले यो काम गर्दै छु सायद उहाँ पनि खुसी हुनुहोला ।’

पंचेबाजा, मौलिक पहिरनमा सजिएका माझीदाई र पंचकन्या साथै हातमा अविर र फुलमाला लिएर माझी बस्ती पुगेका सबैलाई स्वगत गर्न बसेका माझी दिदीबहिनीहरुको सौहार्द आतिथ्यले उनिहरुको खुसी पनि बोकेको थियो । शिलन्यास कार्यक्रममका लागि कलाकर्मीहरु बसुन्धरा भुसाल, निखिल उप्रेती, आकाश श्रेष्ठ, जितु नेपाल, बसन्त श्रेष्ठ गायक प्रमोद खरेल, डा.एल वि टण्डन, डा.भोला रिजाल, बाग्मती बचाउ अभियानका अभियन्ता केशब पुडासैनी, राष्ट्रीय पुनस् निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा.गोबिन्द पोखरेल,एन.आर.एन अध्यक्ष डा. केशब पौडेल ,नगरपालिका मेयर,गाँउपालिका प्रमुख, पूर्वसेनापति रुक्माङ्गत कटुवाल लगायतका ब्यक्तीहरु माझीबस्ती पुगेका थिए । कार्यक्रममा नै डा. एल वि टण्टन, शैलेश खड्का लगाएतले बस्ती निर्माणका लागि रकम सहयोग समेत गरेका थिए ।

बस्ती शिलन्यास हिन्दु धर्म अनुसार पण्डित राखेर पुजाआजा र पंचेबाजा सहित गरिएको थियो । माझी समुदायले स्वागत जसरी भब्यरुपमा गरेको थियो बिदाई पनि अक्षता लगाएरै गरेका थिए । सरकारले गर्न नसकेको काम श्वेताले गरेको र आफुलाई ओत लाग्ने घर बनाउन गरेको सहयोगका लागि माझीबस्तीका सबैले श्वेताको प्रशंशा गरेको सुनिन्थो ।

 

 

   

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू