अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

दोस्रो चरणको निर्वाचन सरकारका लागि चुनौती – पशुपति शम्सेर

बिआरटीनेपाल २०७४ जेठ ९ गते २:०२ मा प्रकाशित

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ट नेता पशुपति शम्सेर राणाले स्थानीय तहको निर्वाचनसँगै सरकारले दोस्रो चरणको निर्वाचनका लागी बिभिन्न चुनौतीको सामना गर्नु पर्ने बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता राणाले संविधान संसोधनका लागि आवश्यक दुई तिहाई मतको आवश्यकताका साथै मधेशको समस्या समाधान नभए निर्वाचन असम्भव रहेकाले सरकारले बिभिन्न खालकाका चुनौतीको सामना गर्नु पर्ने बताएको हुन् ।

उनले पहिलो चरणको निर्वाचनमा राप्रपाको चुनाव चिन्ह हलोलाई छोडेर गाईमा जानु, चुनाव परिचालन तवर तरिका नमिल्नु र राप्रपालाई अन्र्तघात हुनु नै निर्वाचनमा राप्रपाले लज्जास्पद पराजय भोग्नु परेको बताउँदै आफूले राप्रपा छाडेर अर्को पार्टी खोल्न लागेको बिषय सामाजिक सञ्जालको हल्ला मात्र भएको बताए ।

सरकारले ल्याउन लागेको बजेटको स्वागत गर्दै देशको समृद्धिका लागि पनि बजेट आउनु पर्नेमा जोड दिंदै राणले सरकारले नयाँ खालको कुनै आर्थिक प्याकेज नल्याउने र देशको नियमिति हरेक गतिबिधिका लागि बजेट आवश्यक रहेकाले बजेट ल्याउनु पर्ने स्पष्ट पारे ।

नेता राणाले केही दिनमै गठन हुने नयाँ सरकारमा राप्रपा नेपालले आफ्नो सहभागिता जनाउने भन्दै तराई मधेशमा हुन लागेको दोस्रो चरणको निर्वाचनमा पनि राप्रपाले सरकारलाई सहयोग गर्ने र आफु पनि निर्वाचनमा सहभािग हुने जानकारी पनि दिए ।

आगामी निर्वाचनका लागि पार्टीले उचित निर्णयका साथ चुनावी रणनीति अपनाउनु पर्ने बताउँदै उनले देशमा तत्कालै संसदीय निर्वाचन पनि आबश्यक रहेको धारणा राखेका छन् ।

कार्यक्रम रफत सञ्चार क्लबका अध्यक्ष सुशिलबन्धु थापाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू