अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

न्यु योर्क सहरमा नेपालीहरूको परेड भव्य रूपमा सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७४ जेठ ७ गते १९:४० मा प्रकाशित

अनुज थापा, न्यु योर्क
करिब ४ हजार नेपालीहरूले न्यु योर्क सहरमा आज आइतबार आयोजित “नेपाल डे परेड” मा सहभागिता जनाएका छन् । गत वर्षदेखि सुरु भएको नेपाल डे परेडको दोस्रो संस्करणमा अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

परेडका प्रमुख अतिथि उधोगमन्त्री नविन्द्र राज जोशीले यस्ता कार्यक्रमले अमेरिकामा नेपाली संस्कृतिको प्रवर्दन गर्न मद्धत पुग्ने बताए । “जहाँ रहेपनि हामी सबै नेपालीले यसरी नै आफ्नो संस्कृतिको प्रवर्दन गर्न जरुरी छ,” जोशीले भने ।

यता न्यु योर्क सिटीका काउन्सिल मेम्बर एलिजाबेद क्राउलीले नेपालीहरूको संस्कृति देखेर आफू मन्त्रमुग्ध भएको बताए । बुद्ध जयन्ती र नेपालको गणतन्त्र दिवसको अवसरमा आयोजित परेडमा ५० भन्दा बढी संघसंस्थाहरुको सहभागिता रहेकोे परेडका संयोजक मंगलदाश श्रेष्ठले जानकारी दिए । “यस पटक झन् धेरै नेपालहरुको सहभागिता रह्यो जुन हाम्रो लागि उपलब्धि हो,” श्रेष्ठले भने ।

दिउँसो १२ बजे सुरु भई करिब ५ बजे सम्म चलेको परेडमा नेपालमा रहेका विभिन्न जातजातिको मानिसहरूले आफ्नो परम्परागत भेषभुषा लगाउंदै र बाजा गाजा सहित सांस्कृतिक झांकीको प्रदर्शन गरेका थिए ।

फोटो साभार: फेसबुक

प्रतिक्रिया