अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

लायन राजेन थापा डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित

बिआरटीनेपाल २०७४ जेठ ७ गते १७:४७ मा प्रकाशित

लायन राजेन थापा आज बिहान नेभाडा राज्यको रेनोमा सम्पन्न निर्वाचनबाट लायन्स क्लब डिस्ट्रिक्ट ४ सी ३ को गभर्नरमा निर्वाचित हुनु भएको छ । आवश्यक सङ्ख्या भन्दा धेरै मत प्राप्त गरी उहाँ लायान इअर २०१७–२०१८ को लागि डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित हुनु भएको हो । यसै वर्ष लायन्स क्लब स्थापनाको सयौ वर्ष पुराहुने भएकाले उहाँले सतवार्षिकी गभर्नरको सम्मान समेत प्राप्त गर्नु भयो । लायन्स क्लब डिस्ट्रिक्ट ४ सी ३ अन्तरगत अमेरिकामा सन्चालित ४३ वटा लायन्स क्लबलाई उहाँले नेतृत्व प्रदान गर्नुहुनेछ ।

थापा गभर्नरमा निर्वाचित भए लगतै अन्तर्राष्ट्रिय लायन्स क्लबका अध्यक्ष बब कर्लीले विशेष सन्देश पठाएर कार्यकाल सफलताको शुभकामना दिनु भएको छ । यस अघि लायन्स क्लब डिस्ट्रिक्ट ४ सी ३ को भाइस प्रेसिडेन्ट रहदा थापाको नेतृत्वमा अमेरिकामा ११ वटा नयाँ लायन्स क्लब स्थापना भएको भन्दै अन्तर्राष्ट्रिय लायन्स क्लबका अध्यक्ष बब कर्लीले उहाँको नेतृत्व क्षमताको सह्राना समेत गर्नु भएको छ ।

लायन्स क्लबको विधान अनुसार दुई दिन अगाडिवाटै निर्वाचन प्रक्रिया सुरु हुन्छ । शनिवार बिहान भव्य समारोहका बिच बक्र्र्ली अन्नपूर्णका अध्यक्ष मनिल बाबु श्रेष्ठले राजेन थापालाई लायान इअर २०१७–२०१८ को लागि डिस्ट्रिक्ट गभर्नरको उम्मेवदारको रूपमा मनोनयन गर्नु भयो । सोही क्लबका निवर्तनान अध्यक्ष तथा डिस्ट्रिक्ट ४ सी ३ का जोन चिअर धुर्व थापाले प्रस्तावको समर्थन गर्नु भयो ।

उल्लेख्य सङ्ख्यामा रहेका विदेशी र केही नेपाली मिलेर राजेन थापाको समर्थनमा निर्वाचन प्रचार परेड समेत गरिएको थियो । अमेरिकाको भूमिमा सुमधूर नेपाली सङ्गीत वजाउदै गरिएको परेड अकर्षणको केन्द्र बनेको थियो । लायन विधान अनुसार उहाँका प्रतिद्वन्दी कोही नभए पनि उहाँले अनिवाअर्य रूपमा ५१ प्रतिशत माथि मत प्राप्त गर्न जरुरी हुन्छ । त्यसका लागि लागि थापाको पक्षमा प्रचार प्रचार र परेड आयोजना गरिएको हो ।

राजेन थापा उत्तर क्यालिफोर्नियामा बस्नु हुन्छ । उहाँले नेपालीहरूलाई सिप र व्यावसायिक क्षमता अभिबृद्धिमा सहयोग समेत गर्दै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू