अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

‘भूकम्पमा मल्हमपट्टी’ले प्राप्त गर्ने उत्तम शान्ति पुरस्कारको रकम भुकम्प पिडितलाई

बिआरटीनेपाल २०७४ जेठ ७ गते ४:५२ मा प्रकाशित

साहित्यकार रवीन्द्र समीरको संस्मरणात्मक कृति ‘भूकम्पमा मल्हमपट्टी’ लाई उत्तम शान्ति पुरस्कार २०७३ प्रदान गरिने भएको छ । नेपाली साहित्यिक पत्रकारिताका हस्ती उत्तम कुवँरको सम्झनामा विगत २०४४ सालदेखि निबन्ध, नियात्रा, संस्मरण लगायतका बिधामा प्रधान गरीने उत्तम शान्ति पुरस्कारबाट यो बर्ष साहित्यकार रवीन्द्र समीरको संस्मरण भूकम्पमा मल्हमपट्टी’लाई प्रदान गरिने भएको हो ।

५० हजार रुपैयाँ राशीको सो पुरस्कारको साथमा ताम्रपत्र पनि प्रदान गरिने छ ।  गुठीका सदस्य सचिव डा. ठाकुर पराजुलीका अनुसार भूकम्पका बेलाका विविध घटनामा चिकित्सकको रुपमा सहभागी भएर मानवीय कार्यमा संलग्न भई त्यति बेला अनुभूत गरेका भावलाई सुन्दर, सरल र सहज शिल्पका साथ समाजका सामु प्रस्तुत गरेकाले समीरलाई पुरस्कृत गर्न लागिएको हो ।

साहित्यकार समीरले यो पुस्तकको सबै रोयल्टी भूकम्प पीडितलाई प्रदान गर्ने र पुरस्कारवापत प्राप्त हुने ५० हजार रुपैैंया पनि यो पुस्तकमा जसका कथाहरु छन् उनिहरुलाई नै दिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू