अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

गगन थापाको भ्रामक टिप्पणी विरुद्ध फर्मास्युटिकल मार्केटिंग एक्जीक्युटिव एसोसिएसन अफ नेपाल(PEAN )

बिआरटीनेपाल २०७४ जेठ ६ गते ८:०४ मा प्रकाशित

फर्मास्युटिकल मार्केटिंग एक्जीक्युटिव एसोसिएसन अफ नेपालले गगन थापाको भ्रामक टिप्पणी विरुद्ध छापा विज्ञप्ति निकालेका छन् l औषधि जस्तो अति सम्बेदनसिल विषयमा तथ्य नै पत्ता नलगाइ कालोबजारी गरेको र २२०० % सम्म मुनाफा कमाएको प्रचारबाजीले कालान्तरमा औषधि जस्तो सम्बेदनसिल पेसामा काम गर्ने जो कोही व्यक्तिको समाजमा मानमर्दन गर्न पाइदैन भन्ने हाम्रो मान्यता हो भनेका छन् l

र यसको साथै लोकतन्त्रको सर्बोपरि मान्यता अनुसार कुनै पनि औषधिको मूल्य र अरू विषयमा निर्णय गर्नुभन्दा पहिले यसका सरोकारवाला संस्था सँग छलफलै नगरी स्वास्थ्य मन्त्रालयले गरेको यस निर्णय प्रति हाम्रो घोर आपत्ति जनाएका छन् l फर्मास्युटिकल मार्केटिंग एक्जीक्युटिव एसोसिएसन अफ नेपाल (PEAN) का केन्द्रीय अध्यक्ष सुरजित दत्त द्वारा जारी गरिएको छापा विज्ञप्ति पूर्ण पाठ जस्ताको तस्तै :

फर्मास्युटिकल मार्केटिंग एक्जीक्युटिव एसोसिएसन अफ नेपाल (PEAN) नेपाल यस देशको नियमानुसार २०४८ सालमा स्थापित भई औषधि कम्पनीमा कार्यरत सम्पूर्ण ब्यवस्थापकहरुको पेशागत हकहितमा काम गर्दै आएको बिधिवत संस्था हो । आजभोलि विभिन्न पत्र पत्रिका र सामाजिक सन्जालहरुमा आएका अभिव्यक्तिहरुमा PEAN नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

औषधि जस्तो अति सम्बेदनसिल विषयमा तथ्य नै पत्ता नलगाइ कालोबजारी गरेको र २२०० % सम्म मुनाफा कमाएको प्रचारबाजीले कालान्तरमा औषधि जस्तो सम्बेदनसिल पेसामा काम गर्ने जो कोही व्यक्तिको समाजमा मानमर्दन गर्न पाइदैन भन्ने हाम्रो मान्यता हो । यदि कसैलै कालोबजारी गरेको तथ्य छ भने त्यो काम अति घृणित र निन्दनीय हो । PEAN, स्वास्थ्य मन्त्रालय र DDA लाई सधैँ साथ दिन तयार छ ।

यसमा कुन कुन औषधिमा २२००% सम्म कालोबजारी भएको छ स्पष्ट पार्नु पर्‍यो । अन्यथा नियतवस कुनै पेसालाई मानमर्दन गर्न पाइदैन भन्ने हाम्रो मान्यता हो । यो भ्रमले यस पेसामा सम्लग्न करिब हजार जना प्रबन्धक र १०औ हजार जति औषधि प्रतिनिधिहरूको रोजिरोटी र पेशागत मान ईज्वतको विषय भएकोले भ्रामक प्रचारबाजी भन्दा तथ्यगत कालोबजारीको सुची प्रकाशित गरी कारबाही गर्नुपर्यो ।

बाँकी ईज्जतदार तरिकाले काम गरिरहेका सम्पूर्ण ब्यवस्थापक र प्रतिनिधिहरूको इज्जतमा आँच आउने अभिव्यक्तिहरुको प्रकाशन र मिडियाबाजीमा रोक लगाउनु पर्‍यो । यहाहरुलाई ज्ञात होस् सस्तो, सुलभ र गुणस्तरिय औषधि बिरामी र जनताको पहुँचमा होस् भन्ने हाम्रोपनि मान्यता छ ।

मन्त्रीपरिषदको निर्णय अनुसार आयातमा प्रतिबन्ध लगाउनु भन्दा पनि नेपाली औषधि उद्योगलाई कसरि बहुराष्ट्रिय औषधि उद्योग सँग प्रतिस्पर्धा गरी नेपालमा मात्र नभई बिश्वमानै नेपालमा उत्पादित औषधिको माग बढोस भनेर समय सापेक्ष नीति नियम निर्माण गर्नुपर्ने देखिन्छ ।

औषधि आयातकर्ता सङ्घ (MIAN) ले उठान गरेको जनचेतना एवं विरोधका कार्यक्रमलाई हामी हातमा हात, काँधमा काँध मिलाएर आन्दोलनको मोर्चामा साथसाथै अघि बढेको जानकारी एवं ऐक्यबद्धता जनाउदै मानव स्वास्थ्य प्रति नेपाल सरकार स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभाग गैरजिम्मेवार भएर प्रस्तुत हुँदै गर्दा पनि हामी औषधिको सम्वेदनशीलतालाई सम्मान गर्दै आयात ठप्प र बिलिङ बन्द गर्ने सम्मका विरोधका कार्यक्रमहरू हाललाई स्थगित गरी संयुक्त खाका बनाई अघि बढ्न हामी MIAN लाई अनुरोध गर्दछौँ ।

लोकतन्त्रको सर्बोपरि मान्यता अनुसार कुनै पनि औषधिको मूल्य र अरू विषयमा निर्णय गर्नुभन्दा पहिले यसका सरोकारवाला संस्था सँग छलफलै नगरी स्वास्थ्य मन्त्रालयले गरेको यस निर्णय प्रति हाम्रो घोर आपत्ति छ ।

यदि प्रमुख मुद्दामा स्पष्ट नपारि यस्तै प्रचारबाजीभईरहेमा PEAN यसका सम्बन्धित संस्था सँग सहकार्य गर्दै आगामी दिनमा कडा भन्दा कडा कदम चाल्न बाध्य हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू