अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

अमेरिकी जल सैनिक वार्षिक उत्सवमा बुद्धको प्रचार प्रसार

बिआरटीनेपाल २०७४ जेठ ५ गते २१:५२ मा प्रकाशित

गत मे १८ तारिखका दिन अमेरिकी जल सैनिकहरुले वार्षिक रूपमा मनाउदै आउने गरेको वार्षिक उत्सव र सैनिक सम्मान कार्यक्रममा नेपाली समुदायको परिचित संस्था मदरल्याण्ड नेपालले सहभगिता जनाएको छ l

उक्त कार्यक्रममा मदरल्याण्ड नेपालले नेपालको विशेषता झल्काउने र विश्वमा नेपालीहरूको उच्च पहिचानको रूपमा रहेका भगवान् गौतम बुद्धलाई व्यापक प्रचार तथा प्रसार गर्न सफल भएको छ l 

मदरल्याण्ड नेपालले बुद्ध नेपालमा जन्मेका हुन l उनको पवित्र जन्मस्थल लुम्बिनी आज पनि उत्तिकै आकर्षक तिर्थस्थल हो भन्ने जानकारी गराएको छ l ,अङ्ग्रेजीका धुरन्धर योगी पुर्णानन्दले यसको बारेमा अझ धेरै प्रकाश समेत पारेका थिए l कार्यक्रममा सबै देशहरूका प्रतिनिधिहरू सँग छलफल ,भेटघाट गरी नेपाल एउटा विश्वकै उत्कृष्ठ पर्यटकिय स्थल रहेको कुरा मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष तथा पूर्व पर्यटन दुत अनिल पाण्डेले जानकारी गराएका थिए l

उक्त उत्सवमा मादल ,मेडिटेशन कराई तथा नेपालको बिशषता झल्कने ,झल्काउने प्रचार प्रसार सामग्री तुल ,बुद्धका केही मुर्तीहरु सजाई एको थियो l अमेरिकनहरु नेपाली सामानहरू हेर्न निकै उत्सुक देखिन्थे भने उनीहरू मध्धे कसैले माउण्ट एभरेष्ट ,कसैले एक सिङ्गे गैडा, नेपालमा पाइने थुप्रै प्रजातिका पुतली हरू , जङ्गल सफारी र र्‍याफ्टिङ (नौका बिहार ) तथा बन्जी जम्प गर्न आतुर रहेको कुरा समेत सुनाए l

उक्त कार्यक्रममा संसारबाट करिब २५ राष्ट्रहरूको सहभागिता थियो l र अन्त्यमा नेपाली प्रदर्शन र खाना मा सहयोग पुर्‍याउने पुराउने मदरल्याण्ड नेपाल का सञ्चालक समितिका तारा खरेल र आमा खरेल लाई धन्यवाद दिएका छन् l 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू