अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

 प्रिय

निशा अर्याल २०७४ जेठ ५ गते ५:३४ मा प्रकाशित
चर्को घाममा र प्रचण्ड गर्मीमा पनि 
चौतारीको छाहारी शितलताको अनुभूतिभित्र 
तिम्रै अनुहार मुस्कुराउँछ 
वर, पिपलले दिने शितलताभित्र 
चन्द्रमाको मधुरो प्रकाशमा पाइने 
अमृतको वर्षासंगै तथा 
विहानीको लालिमा सगै
क्षितिजमा देखिने सप्तरंगी इन्द्रणी 
रोदन युक्त वालकको 
ती आमाको गहिरो प्रेममा 
जतातेतै व्याप्त अव्याप्त
अन्यय,वेतिरेकहरुमा 
इस्वरिय भाव,तुरीय तथा
समाधिमा जहाँ तहाँ तिमीलाई देख्छु 
मेरो शरीर र भित्रका नशा र
रौं रौंको कणकणमा  
परमाणु बन्दै तिमी 
मेरो मष्तिस्कका हरेक अनुभूतिहरुमा ,
स्वास,प्रश्वास,स्नायु बनि 
आखंभित्रको नानीमा सधै दृश्य बनि
प्रिय शखे विराजमान छौ तिमी !
पलपलमा रात्री,सन्ध्या,विहनिहरुमा
भजन र कृतनका वाणीहरुमा 
दिलभित्रका आनन्दहरुमा
यदूर वेद भित्रको व्रह्माष्मी देख्छु
मेरै आत्माभित्र धपधप गर्दै 
इस्वरिय स्वरूप बनेर 
हरपल सपना र विपना बनि 
तिमी मुस्कुराइ रहेछौ 
अनि भन्न मन लाग्छ 
अहम् शखे असि 
म अन्त कहाँ जान सकौला ?
प्रिय शखे 
तिमी सधै दिलभित्र मेरो
राज गरि रहेछौ 
योगमा लीन योगीको भेषमा 
हरियाली बनेर 
मेरो रुक्खा पतझड वृक्षभित्र 
लटरम्म फलफूलले वहार बन्दै 
फुलेका फूलका सुगन्धमा तिमी 
म आफैभित्र खोजिरहेछु तिमीलाई 
एउटा यात्रु इश्वरको खोजीमा भड्के झैँ 
अनि तिम्रै त्यो न्यानो स्पर्शभित्रको 
अनुभूतिले हाँसी हराई रहेछु
सागरमा डूव्की मार्दै त्यही संस्कार
जँहातिमी छौ अनि म |