अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३२ | Colorodo: 20:47

गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी विजयी

बिआरटीनेपाल २०७४ जेठ ४ गते ४:३१ मा प्रकाशित

 

गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका रमेश थापा अध्यक्षमा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण आलेलाई पराजित गर्दै ३ हजार ८ सय ८ मत सहित माओवादी केन्द्रका रमेश थापा अध्यक्षमा विजयी भएका हुन् ।

विजयी थापाले ३ हजार ८ सय ८ मत प्राप्त गरेका छन भने कांग्रेसका कृष्ण आलेले ३ हजार ४ सय ३ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा पनि निकटतम प्रतिद्वन्द्धी पनि कांग्रेसकी शर्मिला श्रेष्ठलाई पराजित गर्दै माओवादी केन्द्रकै इन्दिरा तिवारी विजयी बिजयी भएकी छन्् । तिवारीले ३ हजार ७ सय ९८ मत र श्रेष्ठले ३ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू