अमेरिकामा रहेका श्याम भट्टराई ‘दाईकी साली’ लिएर बजारमा (भिडियो सहित)

विआरटी नेपाल सम्बाददाता

गायक श्याम भट्टराईको नयाँ गीत हाम्री दाईकी सालीको भिडियो बजारमा आएको छ । गायक भट्टराईकै शब्द संगीत रहेको ‘ हाम्री दाईकी साली’ सङ्स् नेपालको यूटुव च्यानल मार्फत भर्खरै सार्वजनिक भएको हो ।

हाल अमेरिकामा रहेका गायक ,संगीतकका तथा गीतकार श्याम भट्टराई आफैंले निर्देशन गरेको भिडियो अमेरिकामा नै छायांकन गरिएको हो । आकर्षक दृश्यहरु कैद गरिएको भिडियोमा अनुस्का, अनिस, यम र रोषेनाकाको अभिनय देख्न सकिन्छ ।

अमित लुईटेल र शरद डुम्रेले निर्माण गरेको ‘हाम्री दाईकी साली’को भिडियोलाई शंकर राज वाग्लेले खिचेका हुन् भने सम्पादन अनुप गिरीको रहेको छ ।

Published on May 18, 2017 at 12:24 am

Loading...

यसमा तपाइको मत