अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

लस् एन्जलसका एन आर एनका उमेद्बारहरुले आ-आफ्नो उम्मेद्बारीको घोषणा

बिआरटीनेपाल २०७४ जेठ ३ गते २२:४९ मा प्रकाशित

लस् एन्जलस् । लस् एन्जलसबाट एन आर एनका लागि उमेद्बार हुन चाहनेहरुले आ-आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । लस् एन्जलसबासीहरुको बाक्लो उपस्थिति रहेको एक सभामा सबैले आ-आफ्नो उम्मेद्बारीको औचित्यता र प्रतिबद्धता सहित आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । 

उक्त अवसरमा लस् एन्जलस क्षेत्रमा बस्ने विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो । पत्रकार तथा सह्भागिहरुले राखेका कौतूहल,जिज्ञासा तथा प्रश्नहरूको उमेद्बारहरुले पालै पालो चित्त बुझ्दो जबाफ दिएका थिए ।

एन आर एन आई सी सिका पूर्व कोषाध्यक्ष राजेन्द्र शिवाकोटिले हामी सबै एल ए बासीले हाम्रा स्थानियबासी उमेद्बारहरुको फेसबुक मार्फत प्रचार प्रसार र भोट्को लागि अनुरोध गर्नु प्रभावकारी उपाय हुन सक्छ भनी सल्लाह दिएका थिए ।

 

प्रतिक्रिया