अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

 अनु थापाले जितिन् ‘नेशनल एक्टिङ कम्पिटिसन’

बिआरटीनेपाल २०७४ जेठ ३ गते ७:०३ मा प्रकाशित

देशकै सर्वाधिक चर्चामा रहेको अभिनय प्रतियोगिता नेशनल एक्टिङ कम्पिटिसन गुल्मिकी अनु थापाले जितेकी छन् । २४ बर्षीया थापाले देशभरबाट सहभागी हजारौ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधी चुमेकी हुन् ।

बिजेता थापाले दुई लाख पचास हजार बराबरको बिभिन्न उपहार, चलचित्र तथा ब्यवसाहिक बिज्ञापन अभिनय अवसर उपहारका रुपमा प्राप्त गरेकी छन् ।

प्रतियोगितामा धनुषाका निस्चल कार्की दोस्रो र पाँचथरका उज्वल अधिकारी तेस्रो भए । तीनै प्रतियोगि टप २५, टप १५, टप ६ हुँदै विजेता बनेका हुन् ।

अभिनयको माध्यमबाट उत्कृष्ट प्रतिभा छान्ने यो देशकै पहिलो रियालिटी शो हो । चर्चित अभिनेता दयाहाङ राई, अभिनेत्री ऋचा शर्मा र अभिनेता अनुप बराल प्रतियोगिताको निणार्यकमा रहेका थिए ।

इमेज च्यानलबाट प्रत्येक बिहीबार बेलुका ८ः२० बजे प्रसार हुँदै आएको प्रतियोगिताको अन्तिम स्पर्धा हालै राजधानीमा सम्पन्न भएको हो ।
कलाक्षेत्रमा प्रतिभावान कलाकार जन्माउने उदेश्यले ‘नेशनल एक्टिङ कम्पिटिसन’ आयोजना सुरु गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

अनुप बराल, विक्रम परियार, देव न्यौपाने, दिया मास्के लगायतले प्रतियोगीलाई अभिनयको बिभिन्न प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया