अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 10:51

फ्रान्सबाट नेपाली कला प्रवद्धन गरिरहेका आभास आचार्य र ‘फन्टास्टिक पेरिस गर्ल्स’को चर्चा

बिआरटीनेपाल २०७४ जेठ ३ गते ५:२१ मा प्रकाशित

यतिबेला युवा जमातमा लोकप्रिय बनेको छ ‘फन्टास्टिक पेरिस गर्ल्स’ । ‘पानी पर्यो असिना झर्यो’, ‘निर जैले रिसाउने’, र फ्रान्सेली चर्चित गीत C’est la vie को नेपाली रुपान्तरण भै त्यसमा नृत्य गरिरहेका ५ नेपाली चेलीको नृत्य कलालाई लाखौंले मन पराईरहेका छन् । नेपालका स्कुल कलेजका बिद्यार्थी देखी बिभिन्न सांस्कृतिक कार्यक्रम र बिदेशमा रहेका नृत्यमा रुचि भएका बालबालिका र युवा जमातले पनि अनुशरण गरिरहेको फन्टास्टिक पेरिस गर्ल्स र युटुव मार्फत लाखौंको संख्यामा प्रशंसक कमाईरहेका यि भिडियोहरु उत्पादन गर्ने प्रोडक्सनको बारेमा युवा वर्गको चासो थपिएको छ भने नेपाली कलाकर्मीको पनि यो उत्कृष्ठ नमुना भएको प्रतिकृया छ । ३ वटा गीत निर्माणबाटै २५ लाख भन्दा बढि युटुव भ्यूवर कमाएको ‘फन्टास्टिक पेरिस गर्ल्र्स कसरी जन्मियो त ?

काठमाडौैको धुम्बाराही स्थायी घर भएका आभाष आचार्य सानैबाट नेपाली गीत संगीत र चलचित्र क्षेत्रमा चासो राख्ने स्वभावका थिए । उनि हुर्कदैं जाँदा त्यो लगाव पनि उनि संगै बढ्दै गयो । सन् २०१२ मा फ्रान्स पुगेका आभासले नेपाली कलालाई कसरी विश्वब्यापी बनाउन सकिन्छ भन्ने सोचका साथ खोलेको प्रोडक्सन हो आभास आचार्य प्रोडक्सन जहाँबाट ‘फन्टास्टिक पेरिस गर्ल्स’ जन्मियो ।

आज पनि फुर्सदको समय नेपाली पुराना गीतहरुमा हराईरहेका हुन्छन् आभास । नेपाली कला मोह आफुसंगै बोकेर पेरिस पुगेका उनले सुरुवाती दिनबाट नै एउटा फरक ढंगले नेपाली कलाको प्रवद्धन गर्न सकिने सोचिरहेका थिए । उनको यहि कला मोहले आज प्रशंसा बटुलिरहेको छ । सोच्दा सामान्य जस्तो लागेपनि यसका लागि आभासले धेरै मेहनत गरिरहेका छन् । प्रवास बसाईमा त्यहाँ भएका प्रतिभा खोजेर आफुले सोचे अनुसारको लयमा उनिहरुको खुविलाई बाहिर ल्याउनु त्यति सजिलो काम थिएन । यो कामलाई कसरी गर्दा सफल भईन्छ भन्ने योजनाको खाका तयार पारेका आभासलाई पेरिसमा नै नेपाली समुदायद्वारा आयोजित एक कार्यक्रममा सहभागी हुँदा राम्रो संजोग जुर्यो ।

त्यो कार्यक्रममा नृत्य प्रस्तुत गरेका मुना शाही, शमिक्षा थापा, दिप्ना भट्ट, सोफिया बस्नेत र पुजा अधिकारीको नृत्य हेरेपछि आभासलाई लाग्यो यी बच्चाहरुले राम्रो प्रशिक्षण पाएभने केहि गर्न सक्छन् । कार्यक्रम सक्कीएपछि उनले यी ५ जनै संग सामान्य कुराहरु राखे र पछि उनिहरुका त्यहाँ रहेका अविभावक संग पनि आफ्नो सोचको बारेमा बताए । उनले कसरी फ्रान्सबानै ईन्टरटेण्टमेण्ट ईन्ड्रस्टीजलाई रि प्रेजेण्ट गर्न सकिन्छ भन्ने कुरा सुनाए । आभासको प्रस्तावले उनिहरु सबैजना खुसी भए र यी ५ जनै नेपाली चेलिहरु आभास आचार्य प्रोडक्सनसंग काम गर्न राजी भए ।

यसरी सुरु भएको आभास आचार्य प्रोडक्सनको कला यात्रामा नायीका प्रीयंका कार्की र केकी अधिकारी पनि जोडिएका छन् । नायीका द्वय प्रीयंका र केकीको अभिनय पनि आभास आचार्य प्रेडक्सनमा देख्न पाईन्छ । आभासले आफ्नो सोचहरु यी दुई नायिकालाई सुनाएपछि उनिहरुले पनि राम्रो कामको सुरुवात भएको भन्दै आफुहरु पनि संगै काम गर्न तयार भएको बताएपछि यी नायिकाहरुको अभिनय र पेरिस गर्ल्सको नृत्य दुवैलाई जोडेर भिडियोहरु निर्माण भएका छन् । आभास आचार्य प्रोडक्सन फ्रान्समा नै पहिलो नेपाली प्रोडक्सन हो जसले लाखौंको संख्यामा भ्यूवर हासिल गरिरहेको छ ।

फ्रान्समा नै छायाँकन भएका यी भिडियोहरुको बारेमा आभास भन्छन् – ‘फ्रान्समा नै अध्यनरत बहिनीहरु भएकाले उहाँहरुको बिदाको दिन नै कुर्नु पर्दा अलिकती अप्ठेरो भएपनि पाएको समयमा राम्रो मेहनत गर्ने बानिले गर्दा सम्पुर्ण टिमले छोटो समयमानै दर्शकको मन जित्न सकेको छ, युटुवमा आउने प्रतिकृया र मायाले हामिले अझै राम्रो गर्नु पर्छ भन्ने एक प्रकारको उर्जा पनि थपिएको छ ।

यो हाम्रो लागि खुसीको कुरा हो की हामीले एउटै गीतबाट २४ लाखको हाराहारीमा प्रंशसक कमाएका छौं । म यतिबेला पेरिसमा छु मैले यहिंबाट नेपालीको प्रतिभा र नेपाली संगीतको मिठासलाई नयाँ शैलिमा पस्कने कोशिष गरें । बिश्वका धेरै राष्ट्रमा राम्रो प्रतिभा भएका नेपाली भाईबहिनीहरु हुनुहुन्छ उहाँहरुको प्रतिभालाई पहिचान गर्न सकियो र त्यसलाई बाहिर ल्याउन सकियो भनेपनि अन्तराष्ट्रिय क्षेत्रमा नेपाली संगीत र कला संगै विस्तार गर्न सकिन्छ ।

पछिल्ला दिनहरुमा आईरहेका नेपाली चलचित्र र गीत संगीत राम्रो भएको बताउने आभासको भावि योजनाभित्र नेपाली सिने तथा संगीत क्षेत्रमा नै आफ्नो तर्फबाट सकेको राम्रो काम गर्ने रहेछ । कुराकानीका क्रममा उनले भने जुन बहिनीहरु अहिले मेरो प्रोडक्सनमा काम गरिरहनु भएको छ उहाँहरुलाई नेपालमै पनि कलाक्षेत्रमा स्थापित हुन सक्ने वातावरण बनाउन सके देशले राम्रा कलाकार पाउँछ । मेरो आफ्नो व्यक्तिगत कुरा गर्दा म आफुपनि नेपाल फर्केपछि नेपाली गीत संगीत र कला क्षेत्रमा नै आवद्ध रहेर काम गर्ने सोचमा छु ।’

 

आभास आचार्य प्रोडक्सनका भिडियोहरु 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू