अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०६ | Colorodo: 08:21

चलचित्र पत्रकार संघले ‘स्पीकर्स कर्नर’ सुरु गर्दै

बिआरटीनेपाल २०७४ जेठ २ गते ११:१५ मा प्रकाशित

चलचित्र पत्रकार संघ नेपालले हरेक महिना बहस तथा छलफलमुखी कार्यक्रम ‘स्पिकर्स कर्नर’ आयोजना गर्ने भएको छ । कला र मनोरञ्जन क्षेत्रसँग सम्बन्धित विषयमा बहस गर्ने थलोका रुपमा संघले ‘स्पिकर्स कर्नर’सुरु गर्ने भएको हो ।

मंगलबार बसेको संघको नियमित बैठकले यो कार्यक्रम संयोजनका लागि महासचिव अनिल यादवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा श्याम अर्याल र दीपज्योति थापा रहेका छन् ।

त्यस्तै, संघको पहिलो शृंखला जेठ १५ गते आयोजना हुने भएको छ । पहिलो शृंखलामा ‘नेपालमा बक्सअफिस’ शीर्षकमा बहस हुनेछ । बहसमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय र चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी वक्ताका रुपमा सहभागी हुनेछन् । अन्य फिल्मकर्मीहरु पनि बहसमा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया