अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

प्रहरीको गोलीबाट कांग्रेस कार्यकर्ताको मृत्यु, १३ जना घाइते

बिआरटीनेपाल २०७४ वैशाख ३१ गते १९:२८ मा प्रकाशित

 

दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ६ पवटी मतदान केन्द्रमा झडप हुँदा प्रहरीको गोली लागि नेपाली कांग्रेसका एक जना कार्यकर्ताको मृत्यु भएको छ ।

शान्तिपूर्ण रुपमा मतदान भइरहेको ठाउँमा कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा भागदौड मच्चिएको र प्रहरीले गोली चलाउँदा नेपाली कांग्रेसका कार्यकर्ता स्थानीय करिब ३५ बर्षका नकुल भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कतपेटिका कब्जा हुने अवस्था आएपछि प्रहरीले गोली चलाउनुपरेको प्रमुख जिल्ला अधिकारीले बताए । घटनामा अन्य १३ जना घाइते भएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू