अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

कोलोराडोमा बुद्ध जयन्तिको उपलक्ष्यमा शान्ति र्याली (फोटो फिचर)

बिआरटीनेपाल २०७४ वैशाख ३१ गते १६:५५ मा प्रकाशित

कोलोराडोको डेनभर डाउनटाउनमा आज २५६१ औँ बुद्ध जयन्तिको उपलक्ष्यमा शान्ति र्याली प्रदर्शन गरिएको छ । कोलोराडोमा रहेका सङ्घ संस्थाको आयोजनामा, बुद्धको जन्म भूमि नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन शान्ति र्यालीको आयोजना गरिएको हो । 

शान्ति र्याली सुरुहुनु अघि डाउनटाउन स्थित पार्कमा बौद्धगुरु अक्कल तमाङ तथा साथीहरूले बुद्धको विशेष पूजा गरेका थिए भने अर्का गुरु मिप्हम सेहेड्रा बुद्धिस्ट सेन्टर बोल्डर का संस्थापक लोपन रेचुंग रिम्पोचेले बुद्ध तथा बुध्द धर्मको बारेमा प्रबचन दिएका थिए । उक्त प्रबचन पछि ग्रुप तस्बिर लिएपछी सोही स्थानबाट सुरु भएको र्याली सिक्सटिन स्ट्रिट महल हुँदै चम्पा स्ट्रिट पुगी पुःन पार्कमा आई कोण सभागरी बिसर्जन गरिएको थियो । उक्त र्यालीमा सहभागीहरुले नेपाल तथा अमेरिकाको झन्डा, बुद्धको तस्बिर, ध्वजा पतंगा लिएर धिमे बाजाको तालमा नगर परिक्रमा गरेका थिए । 

रकी माउण्टेन फ्रेन्डस् अफ नेपालको सकृयतमामा नेपाली घर, तमुधि कोलोराडो, तमुपेलु, एनआरएन, जनसंम्पर्क समिति, अन्तर्राष्ट्रिय साहित्य समाज, प्रवासी नेपाली मन्च, नेवा खःल, नेःवा डबु, बिआरटि नेपाल, संखुवा सभा समाज लगायतका सङ्घ संस्थाहरूको आयोजनामा शान्तिर्याली सम्पन्न भएको हो । 

र्यालीपछिको कोण सभालाई रकी माउण्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष विनोद त्रिपाठी, बौद्ध गुरु अक्कल तमाङ, पत्रकार ब्याकुल पाठक, नेपाली घरका महासचिव लछुमन राणा, तमुधि अध्यक्ष चन्द्रबहादुर गुरुङ, जनसंम्पर्क समितिका अध्यक्ष गणेशराज भण्डारी, संखुवा सभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, अनेसास कोलोराडो च्याप्टर अध्यक्ष कृष्ण मुरारी ढुङेलले सम्बोधन गरेका थिए । सबैले बुद्धको जन्म भूमि नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन आयोजित कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग पुर्याएकोमा सहभागी सबैलाई धन्यवाद दिएका थिए । 

 

प्रतिक्रिया