अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

तोया दाहाल महासचिव, नेजा प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७४ वैशाख ३१ गते १२:१६ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाले टेक्ससको ड्यालसमा गर्न लागेको एनआरएन अमेरिकाका उम्मेदवारका आकांक्षी बिच १४ मे २०१७ आइतबार गर्न लागेको बहस कार्यक्रम पूर्व निर्धारित समयमा हुन लागेको जानकारी गराउन चाहान्छौं ।
नेजाले टेक्ससको ड्यालसमा एक पटक उम्मेदवारका आकांक्षी बिच बहस चलाइ सकेको र पूर्व निर्धारित समयमा चुनाव हुन नसकिरहेको वर्तमान अवस्थामा, चुनाव किन हुन सकेको छैन, चाडो भन्दा चाडो चुनाव गर्न क-कसको के कस्ता दायित्व रहन्छन् भनी जटिल पाटो खडा भएको हुँदा सार्वजनिक महत्व्को विषयमा
बहसको आयोजना गर्नु झनै सान्दर्भिक भएको हुँदा उम्मेदवारी दर्ता पूर्व र पश्चात् समेत बहस गरिने जानकारी गराउन चाहान्छौ ।
सद्स्यता छानबिनमा अन्योलता भई अमेरिकी समाजमा एन आर एन सम्बन्धी सतही रूपमा धेरै चर्चा परिचर्चा भएको अब्स्थामा सो सँग सम्बन्धित सरोकारवालाहरुलाइ एउटै मञ्चमा खडा गरी सही मार्ग्दर्शन प्रदान गर्नु पत्रकारिताको आधार भएको सम्झी पत्रकार तथ सन्चार संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सदैव नेजाले हातेमालो गर्ने तथा आफैँले यस्ता कार्यक्रम गर्न समेत पहल कदमी गर्ने प्रतिबद्धता जाहेर गर्दछौँ । यसैको निरन्तरता स्वरूप टेक्सासको ड्यालसमा मे १४ को दिउसो साढे तीन देखि करिब दुई घटना सञ्चालन हुने उक्त बहस अनलाइन मेडियाहरुले प्रत्यक्ष प्रसारण गर्नेछन । डालस वरपर रहेका नेपालीहरूले अर्भिंग स्थित नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको सभाहलमा स्वयम् उपस्थित भएरआफ्ना जिज्ञासा राख्न तथा बुझ्न सक्नुहुनेछ।

तोया दाहाल
महासचिव, नेजा

प्रतिक्रिया