अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

ह्युस्टनमा कृष्ण पोखरेलको एनआरएन चुनावी अभियान

बिआरटीनेपाल २०७४ वैशाख ३१ गते १०:१८ मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, ह्युस्टन ।
एनआरएन अमेरिकाको आगामी चुनावमा अध्यक्षको दावेदारी प्रस्तुत गरेका एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल हिजो साँझ ह्युस्टनका युवाहरुबीच अनतरक्रियामा व्यस्त रहे। ह्युस्टनका केही युवाहरूको सक्रियतामा स्थानीय आशियाना रेष्टुरेण्टमा आयोजित अन्तरक्रियामा पोखरेलले आफ्नो उम्मेदवारी दाबीलाई १७ बुँदे प्रतिबद्धता पत्रसहित प्रस्ट पारेका थिए।

२०१४ मा महासचिवको सफल कार्यकाल सहित वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष भएर एनाआरएन अमेरिकालाई विभिन्न फोरमहरुमा नेतृत्व दिएका पेसाले ईन्स्योरेन्स व्यवसायी र नेपालमा अर्घाखांची पुर्ख्यौली घर भएका र हाल न्यु योर्क निवासी पोखरेल सहभागी युवाहरूको भावना अनुरूप नै एनआरएन अमेरिकालाई नेतृत्व दिन आफू लागिपरेको बताउँदै थिए।

प्रत्येक सदस्यबाट महिनाको एक डलर सहयोग लिएर आपतमा परेका नेपालीलाई सहयोग गर्ने वातावरणको सुनिश्चताका लागि आपत्कालीन कोष, आफूलाई समस्या पर्दा नेपालीहरूले तत्काल सम्झन र सहयोग माग्न सक्ने एनआरएनको संस्था बनाउन २४ सै घण्टा खुल्ला रहने हटलाईन टेलिफोन सेवा सञ्चालन, धेरै नेपालीहरू बस्नेशहरहरुमा नेपाली सामुदायिक भवनहरू निर्माणमा सहयोग र नेपाली दूतावासको कन्सुलेट स्थापनामा समन्वय, युवाहरूको एनआरएन अमेरिकाको सदस्यता बढाउन युवामैत्री कार्यक्रम, एनआरएन अमेरिकाको वेबसाइटको आधुनिकीकरण (मोबाइल मैत्री), स्थानीय संस्थाहरुसंगको सहकार्य र समन्वयका लागि स्टेट च्याप्टरहरुको सक्रियता जस्ता महत्त्वपूर्ण योजनाहरू पोखरेलका चुनावी मुद्दा हुन्। आफू निर्वाचित भएमा ९० दिन भित्रै धेरैजसो कामको सुरुवात गराईसक्ने प्रतिवद्दताछ, पोखरेलको।

संचाकर्मीहरु र सहभागी युवाहरूको जिज्ञासाको जवाफ दिँदा निकै आत्मविश्वासका साथ प्रस्तुत पोखरेललाई अमेरिकावासी नेपालीहरूले ‘म एनआरएन र मेरो एनआरएन अमेरिका’ भन्ने अनुभव गर्न सक्नेगरी एनआरएन अमेरिकालाई नेतृत्व दिने रहरछ। उनको दाबीछ- महासचिव र वरिष्ठ उपाध्यक्ष भैसकेकाले र महत्त्वपूर्ण विषयहरूमा नेतृत्वदायी भूमिका खेलेकाले उनी नै अध्यक्षका प्रबल दावेदार हुन्।

गतसालको भारतीय नाकाबन्दीका बेला संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने, पासपोर्ट बनाउन निकै समस्या झेलेका अमेरिका स्थित नेपालीहरूको समस्या समाधान गर्न नेपाल सरकारका निकायहरुसंगको सक्रिय समन्वय, नेपालको महाभूकम्पका बेला एनआरएनको सक्रियता लगाएतका महत्त्वपूर्ण सवालहरुमा समेत आफूले नेतृत्वदायी भूमिका निभाएको दाबी गरेका पोखरेल यो पटक आफूलाई नेतृत्व गर्ने अवसर प्रदान गर्न ह्युस्टनका युवाहरुसंग सहयोगको अपिल गर्दै थिए। ‘Connect & Serve to Unite’ भन्ने चुनावी नाराका साथ अध्यक्षको दावेदारी दिएका पोखरेललाई लागेको छ-‘हामीसबै मिलेर मात्र हाम्रो र राम्रो NRN-America बनाउन सकिन्छ।’ 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू