अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

मतदान गर्न नपाएपछि करिस्मा मानन्धरले श्रीमानलाई तानाशाही भन्दै आक्रोश पोखिन्

बिआरटीनेपाल २०७४ वैशाख ३१ गते ७:१० मा प्रकाशित

स्थानिय निर्वाचनमा काठमाडौंबाट मतदान गर्न नपाएपछि आक्रोशित भएकी नायीका करिस्मा मानन्धरले आफ्नो श्रीमानसंगको सम्बन्धलाई सार्वजनिक गरेकी छन् । आफ्नो फेसबुक पेजमा श्रीमानले आफुलाई परिवारको सदस्यनै नमानेको भन्दै उनले घर भित्रको कुरा बाहिर ल्याएकी हुन् ।

आईतवार बिहान श्रीमान बिनोद मानन्धरलाई नै सम्बोधन गरेर करिस्माले श्रीमानले आफुलाई गर्दै आएको ब्यवहारको प्रतक्ष्य र घुमाउरो दुवै शैलिमा दुखेसो पोखिन् ।

यसरी घर भित्रको कुरा बाहिर आएपछि भोलीका दिनमा यी दुई पति पत्नीको सम्बन्ध कस्तो हुने हो त्यो भने हेर्न बाँकी छ । तर करिस्माले फेसबुकमा लेखेअनुसार श्रीमान बिनोद मानन्धरले छोरी र आफ्नो मात्र बसाईसराईको कागज बनाएर करिस्मालाई थाहा नदिएको, उनले संधै करिस्मालाई दयाको नजरले हेर्दै आएको जस्ता कुरा उल्लेख छन् ।

आफ्नो फेसबुक पेजमा करिस्माले लेखेकी छन्:

‘सायद यो लेख्न हुदैनथ्यो .. तर हद भयो सहने
हरेक कुरा त परिवार आफ्न्त र छोरी को लागि सहे .
एसै पनि बिनोद जी को असाध्यै राम्रो मान्छे भन्ने इमेज छ ।
तर आज मेरो मलिक बन्ने तानाशाही को हद ले गर्दा मेरो मन ले सहन मानेन .
बिनोद ..
तिमी एउटा परिवार मा बस्छौ र परिवार का हरेक सदस्य हरु को आफ्नो अधिकार र चाहाना हुन्छन् .. तिम्रो एकल निर्णय ले हुदैन ..सबै कुरा मा तिमिनै मालिक बन तर केही कुरा सहन सकिदैन
तिमिले हाम्रा लागि गरेका कुरा हामी प्रति को तिम्रो कृपा मान्नु पर्ने ??
म काठमाडौं को नागरिकता भएको मान्छे वाहा संग बिबाह गरेपछी सप्तरी राजबिराज बाट मेरो नागरिकता मानन्धर को नाम मा परिवर्तन गरियो म चुपो लागे सायद श्री मान को मा रख्नु पर्छ होला भनेर येत्रो बर्ष भयो वाहा ले मेरो voting card बनाई दिनु भयेन हामी लाजिम्पाट बस्छौ आफ्नो र छोरी को बसाई सराई गरेर वाहा ले voting card लिनु भयेछ तर वाहा ले मेरो पनि लिनु पर्छ भनेर जरुरी सम्झिनु भयेन मैले वाहा लाई सोधे तर वस्ता गर्नु भयेन .. म आफै गएर 3 घन्टा लाईन बसेर रजिस्ट्रर गरे .. बसाई सराई को कागज पनि थिएन तेसैले सप्तरीको लिस्ट मा पुगेछ ..न म राजबिराज को हो न म तिहा कहिले बसेको छु कसरी गएर vote दिने ? .. अरु सब कुरा मा उ मेरो मलिक होला तर मेरो नैसर्गिक अधिकार मा पनि स्वामित्व जमाउन खोजेको मलाई सहिय भयेन .. sorry to say this Binod you have to accept me as your important family member you are taking me too light …’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू