अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

साहित्य, संगीत र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने ४ ब्यक्तीलाई कोलोराडोमा भव्य अभिनन्दन

नातिबाबु भट्ट, कोलोराडो २०७४ वैशाख ३१ गते १:३५ मा प्रकाशित

साहित्य, संगीत र पत्रकारिता जस्ता छुट्टा,छुट्टा विधामा ख्याती कमाएका चार श्रष्टाहरुलाई कोलोराडोमा आज एक समारोह बिच अभिनन्दन गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार सम्पन्न कवि गोष्ठि समारोहमा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा साहित्यिक पत्रकार तथा समिक्षक ब्याकुल पाठक, गायिका निर्मला श्रेष्ठ, साहित्यकार प्रमिला शर्मा र पत्रकार नातिबाबु भट्टलाई अभिनन्दन गरिएको हो ।

कार्यक्रमका आतिथीहरु अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका संस्थापक अध्यक्ष नविन दत्त, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठीले सम्मानित व्यक्तित्वहरुलाई फुलको माला, ढाका टोपी, र दोसल्ला ओडाई अभिनन्दन पत्र प्रदान गरेका थिए भने, आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले सबैको अभिनन्दन पत्र पढेर सुनाएका थिए ।

अभिनन्दित व्यक्ति पाठकले नेपाली भाषा साहित्य तथा पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानको बारेमा साहित्यकार ज्ञानेन्द्र गदालले, गायिका निर्मला श्रेष्ठले गीत तथा संगित क्षेत्रमा गरेको योगदानको बारेमा आयोजक संस्थाका महासचिब गौतम सागर राईले प्रकाश पारेका थिए । त्यस्तैगरी अन्य अभिनन्दित व्यक्तित्व नातिबाबु भट्टको बारेमा अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका निबर्तमान अध्यक्ष भुपेन्द्र महतले र साहित्यकार प्रमीला शर्माको साहित्यिक योगदानको बारेमा च्याप्टरको कार्यसमिती सदस्य यशोदा भट्टले सहभागीहरुलाई जानाकारी गराएकी थिईन् ।

यसरी अभिनन्दन कार्यक्रममा उपस्थित हुने अन्य अतिथीहरुमा बरिष्ठ गायक हिरण्य भोजपुरे, गायिका उर्मिला श्रेष्ठ, गायक बसन्त लम्साल, एनआएन कोलोराडो च्याप्टरका अध्यक्ष बासुदेब खनाल, डा.विजयराज शर्मा, नेपाली घरका पब्लीक रिलेसन अफिसर कुमार जंग कार्की, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका पूर्व अध्यक्ष निलम श्रेष्ठ, अन्तराष्ट्रिय कलाकार समाजका अध्यक्ष निर्मल प्याकुरेल, किरात राई समाजका पूर्व अध्यक्ष आकाश राई, यूएस नेपाल न्यूजका बिकल पराजुली लगायतका संघ संस्थाका प्रतिनिधी तथा पदाधिकारी आयोजक संस्थाका पदाधिकारी, स्थानीय कवि कवयत्री तथा सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

अध्यक्ष कृष्णमुरारी ढुङ्गेललद्धारा पानसमा बत्तीबालेर सुरुगरिएको कार्यक्रममा, मुलुकले भर्खरै गुमाएका वरिष्ट साहित्यकार श्यामप्रसाद शर्मालाई संझदै तथा उपचारार्थ उज्वल जिशीको उपचारको सहयोग तथा सिघ्र स्वस्थ्यलाभका कामना गर्दै कार्यक्रम आगाडी बढेको थियो । कार्यक्रमा आयोजक संस्थाका सदस्य श्याम श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने अर्का सदस्य धन पौडेलले कार्यक्रम संचालन गरेकी थिईन् । 

कार्यक्रमको दोश्रो सत्रमा कविता तथा साहित्य सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । यसमा कवि, कवयत्री, गायक तथा कलाकारहरुले आ–आºनो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु वाचन गरेका थिए । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आफ्नो  भाषा संस्कृती, जन्मे हुर्केको देशको माया ममता त्याग्न सकिदैन रहेछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो । 

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

प्रतिक्रिया