अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

निर्वाचनका लागि मानव अधिकार आयोगद्वारा उच्चस्तरीय अनुगमन टोली गठन

बिआरटीनेपाल २०७४ वैशाख ३० गते ७:१३ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउन उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ । आयागले ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८’ बमोजिम आयोगका अध्यक्ष अनूप राज शर्माको नेतृत्वमा नागरिक समाजका प्रतिनिधिहरू संलग्न रहेको उच्चस्तरीय अनुगमन टोली गठन गरेको हो ।

शुक्रबार एक प्रेश विज्ञप्ती जारी गर्दै आयोगले गठन गरिएको टोलीमा आयोगका पूर्वअध्यक्ष केदारनाथ उपाध्याय, पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वनिर्वाचन आयुक्त प्रा.डा. विरेन्द्र मिश्र, प्रा.डा. सूर्य ढुङ्गेल तथा अधिवक्ता श्री मीरा ढुङ्गाना रहेको जानकारी दिएको दिएको छ ।

यसैक्रममा, राष्ट्रिय मानव अधिकार आयोग र नेपाल सरकारका गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरूवीच आसन्न स्थानीय तहको निर्वाचन सुरक्षा व्यवस्थाको तयारी सम्बन्धमा आज छलफल भएको छ ।

आईतबार हुने निर्वाचनबारे बोल्दै आयोगका अध्यक्ष अनूप राज शर्माले निर्वाचनलाई शान्तिपूर्ण तथा मानव अधिकारमैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भन्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गरेका छन् । साथै उनले मतदाताहरू सुरक्षा व्यवस्थाप्रति आश्वस्त हुनसके मात्र मतदान प्रक्रिया विश्वसनीय र सफल हुने पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू