अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

वाशिंगटन नगरप्रमुखको अनुरोधमा नेपाली चेली प्रकृति देउजाले सुनाईन् अमेरिकाको राष्ट्रिय गान

बिआरटीनेपाल २०७४ वैशाख ३० गते ५:५१ मा प्रकाशित

अमेरिकाको डिसि महानगरकी नगरप्रमुख मेयरले नेपाली मुलकी चेलीलाई सम्मानपूर्वक सार्वजनिक समारोहमा अमेरिकाको राष्ट्रिय गान गाउन लगाएका छन् । अमेरिकामा आयोजित मेयरको ३० औं वार्षिक उत्सवमा वाशिंगटन डिसिकी मियर म्युरिएल बाउजरले भर्जिनियामा बसोवास गर्ने नेपाली चेली प्रकृति देउजालाई अमेरिकाको राष्ट्रिय गान गाउन लगाएकी हुन् ।

डिसी स्थित लिंकन थेटर  (लिङ्कन नाट्यशाला)मा आयोजना भएको एसियन प्यासिफिक एण्ड आइल्याण्ड र हेरिटेज नाकम सो कार्यक्रममा प्रकृतीले गीत गाउनु पाउनु ठुलो अवसर थियो । संगीतमा रहर भएकी प्रकृतिलाई राम्रो गायीको रुपमा अमेरिकाबासी नेपालीले हेर्दै आएका छन् । नेपाली समुदायबिच गायनका कारण प्रशंसा बटुलिरहेकी उनले अमेरिकाको राष्ट्रिय गान नगरप्रमुखको अनुरोधमा गाएपछि चर्चा बटुलिरहेकी छन् ।

कार्यक्रममा गीत गाएपछि खुसी ब्यक्त गर्दै प्रकृतिले भनिन् यो मेरो लागि आफैंमा अत्यन्त महत्वपूर्ण अवसर थियो जसका कारणले मैले नेपाली समुदायभित्र पनि खुवि छ भनेर देखाउन पाएँ, भोलीका निदहरुमा पनि नेपालको नाम उचो राख्ने कामहरु गर्ने ईच्छा छ ।

कार्यक्रममा अमेरिकाका उच्च पदमा रहेका ब्यक्ती साथै नेपाली दुतावासका कुटनैतिक ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू