राजनीतियाँ दम – सर्बज्ञ वाग्ले

राजनीति त्यसै हुँदैन । राजनीति गर्न दम चाहिन्छ । दम भएन भने राजनीतियाँ बम रूपी धमाका हुँदैन र राजनीतिले उल्टै गम खुवाइदिन्छ । त्यसै समाजाँ राजनीतिले दम्म गरेको छ ? जति-जति राजनीतियाँ दम बढदै जान्छ त्यति-त्यति राजनीतिको रङ्ग पनि चढदै जान्छ । त्यसैले राजनीतियाँ दम लगाउनु पर्छ र राजनीतिलाई गफा बम पनि बनाउन सक्नु पर्छ । गम खुवाउन पनि पर्छ र आँफु भन्दा माथि आँफ्ना साथी विपक्षी भएसी राजनीति दम भित्रको दम्म सहन पनि सक्नु पर्छ ! आँफै गम खाई गम्भीर बन्न पनि सक्नु पर्छ । खेलमाथी खेल र त्यसमाथीको झेल जान्न जेल गई नेल खाई सक्या हुनुपर्छ, परिआए जान तैयार हुनुपर्छ ।

राजनीतियाँ दम भएन भने टिकटै पाइन्न, टिम्मै परीन्न यो नभै राजनीतियाँ झरीन्न, राजनीति गरिन्न । त्यसैले धेरै नेताहरू हेरेफेरे हुन्छ्न, टिकट किन्छन् जित्छन् जित्दैनन्, विक्छन्,विक्दैनन् तर राजनीतिको विरासत भने अवश्य भिर्छन् । राजनीतियाँ नीति र अनीतिको दम्माँ बम भएन भने टिक्दै टिक्दैनन् । राजनीतिको दम भनेको पैसा, पावर र पद हो, दल र बल हो ! अझ त्यसमा आँफ्नै दल र बल भित्र छल गरी फल खाने बल पनि हुनुपर्छ । यो त राजनीतिको बमरूपी बल हो बल भनेकै दमको फल हो, फ़लाँ दिने मल पनि हो । त्यसैले राजनीतियाँ टिक्न दम्माँ बिक्न सिक्न सक्नु पर्छ । जे पार्छ समयले टार्छ सिकाई गरी फल झार्छ । त्यसका लागि दबाब सहन र दिन सिक्नु पर्छ । मौका आए दमका खाँतिर दब्न जान्नुपर्छ, गम पिउनु पर्छ, तैपनि हाँसेर जीउनुपर्छ ।

राजनीतिको दमले दबाब दिन्छ लिन सक्नु पर्छ । चाहे बिहान नै किन नहोस, चाहे बेलुका घर देखी पर सम्म, पार्टी देखी महल सम्म बाटो देखी खेत सम्म जताततै दम फुलेर बम्माँ परिणत भई बिष्फोट भयो भने पनि रिस्वतले रिक्त बनाइ दिन सक्नुपर्छ । राजनीतियाँ दम नभै नहुने सामाजिक मिसाइल बमको विशाल बिष्फोट सहन नसक्नेलाई खेलको मैदान बाटै टाटै पारिन्छ। त्यसैले राजनीतिको दम दिन पनि जान्न पर्छ सहँदा पनि मान्नु पर्छ । यसलाई आधुनिक राजनीति शास्त्रको धर्म शास्त्र मानेर त्यसको अस्त्रसँग त्रस्त नभई विकिरहँदा टिकिरहनु नै पक्का राजनीतिज्ञ मानिन्छ ।

राजनीतियाँ दमको चार वाँणले सुरु गरेको राजनीतिक साँठ गाँठलाई साँदर्मिक पाठ मानेर यत्र तत्र सर्वत्र हिँडिरहनु पर्छ । राजनीतियाँ दम भएन भने राजनीति राजनीति नभएर अर्कै नीति कर्के बन्न सक्छ । त्यसैले राजनीतियाँ दम लिन ठुला-ठुला क्रान्ति हुन्छन्, कति मर्छन,कतिले शाहदत पाउँछन, कति शहीद हुँन्छन, देश समाज गाउँघर हल्लन्छ अनि सामान्य मान्छे पनि ठुलो हुन्छ भयंकर हल्ली खल्ली मच्चिन्छ र राजनीतियाँ दम ठोकेर बम बोकर त्यसका लिडरहरु लिडर लीला पार गरी पाराँगत हुन्छन् ।

हिजो सम्म सामान्य मान्छे एकाएक दम भएको बम पड्काउन सक्ने दमदार मान्छेले नियुक्त्त गरेका चारजना पनि पार्टी का वरिष्ठ बन्छन् । जता हेर्यो त्यतै उनीहरूलाई गन्छन् न भए नेता भन्छन् । झन् त्यसमा पनि पैसाको खोलो बगाए त चाहे जनताको लुटिएका धन किन नहुन । चाहे जनताकै रगत र पसिनाको कमाई किन नहुन त्यही धन भूकम्प बनेर हल्लन मिसाईल बम बनी, भन्दै नभनी कसैलाई नगनि आँउछ ।

राजनीतिको दमले हरेक अफिसाँ नियुक्त्ती देखी सरुवा सम्म,बढुवा देखि भरूवा सम्म टम्मा टम्म हुन्छ । दमको राजनीतिले नयाँ भर्ना देखी अवकास सम्म विकास देखी बिनास सम्म, आयात देखी निर्यात सम्म गाडी देखी साडी सम्म, वाडी देखि दाडी सम्म भाषण देखी रासन सम्म, स्कुल देखी कलेज सम्म आँफ्नो दम बम बनेर उभिन्छ । राजनीतिको दमले समाजको संरचना बिहा देखि, चाडवाड सम्म पूजा देखि भुजा सम्म, मेलापात देखि, घर खेत सम्म, गाँउ घर देखि बजार सम्म, पहाड देखि तराई सम्म हिमाल देखि जम्मा जम्मी नेपालको सीमालाई मिना गरी दिएको छ ।

कुरोको चुरोलाई कस्दा यो राजनीतिको दम कहाँवाट दन्किन्छ भन्ने चाँही कमैलाई जानकारी नहोला । जे होस राजनीतिको दम हाल्ने महाशयले राजनीतिको दमलाई बेला बेलाँ मीसायल बम बनाएर पड्काएको आवाज वडकाको फट्काले चाँही नेपाली समाजलाई तरल बनाइ रहेको छ र बनाइ रहने छ भन्ने कुराँ शङ्का गर्नु चाँही लंकाँ दहन गर्नु नपर्ला कि कसो हजुर ?

Published on May 12, 2017 at 9:48 pm

Loading...

यसमा तपाइको मत